नेपाल र अष्ट्रेलियाबीच लगानी, व्यापार र साझेदारी बढाउनका लागि अष्ट्रेलियाको नेपाली समदुायमा पहिलो पटक नेपाली दुताबास क्यानबेरा र नेपाली अबैतानिक महाबाणिज्यदूत कार्यलय भिक्टोरियाको संयुक्त आयोजनामा ‘नेपाल अष्ट्रेलिया बिजनेस फोरम २०१८’ आयोजना हुँदैछ । भोली जुन ३० तारिख शनिबारको दिन मेल्बोर्न प्रेस्टोन स्थित मन्त्र होटलमा यस कार्यक्रमको आयोजना हुन लागेको हो ।
बिहान ९ बजेदेखी शुरु हुने यस कार्यक्रमलाई तिन भागमा बिभाजन गरिएको छ।मध्यान्ह १२ बजेदेखी साँझ ६ बजेसम्म चल्ने कार्यक्रममा नेपाल र अष्ट्रेलिया बीचको व्यापार, नेपालमा प्रत्यक्ष वैदेशीक लगानीको अबसर, अष्ट्रेलियामा आयात गर्न सकिने बस्तुहरुको पहिचान लगायतका बिषयमा वक्ताहरुले मन्थन गर्नेछन् । त्यसपछि साँझ ६ बजेपछि डिनरको कार्यक्रम रहेको छ जसमा साँस्कृतीक प्रस्तुती अनि झलकहरु देखाउनु सँगै झाँकी र राफल चिठ्ठाको पनि आयोजना गरिएका छ । कार्यक्रममा मिथिला चित्रकला साथसाथै नेपाली परिबेशको अन्य बिभीन्न आकर्षणका चित्र र बाजागाजाको प्रदर्शनी गरिनेछ।
कार्यक्रममा सहभागी हुन नेपालको लगानी बिभागका प्रमखु कार्यकारी अधिकृत महाप्रसाद अधिकारी आज शक्रुबार आउँदै हुनुहुन्छ।यस्तै भिक्टोरियाका अर्थमन्त्री रविन स्कट,लेजिस्लेटिभ काउन्सिलका सभापती ब्रुस अट्किन्सन, वैदेशिक सम्बन्ध हेर्ने डिफ्याट्की निर्देशक फियोना म्याकग्रा,एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, नेपालीमूलका अष्ट्रेलियाकै ८१ औ धनी शेष घले, अमेरिका महाबाणिज्यदुत फ्रंयांकी रिड सहित सय भन्दा बढी अष्ट्रेलियन व्यवसायी र लगानीकर्ताहरुको सहभागी हुने टुंगो लागि सकेको छ । यसैगरी कार्यक्रममा अष्ट्रेलियन अन्य सरकारी अधिकारीहरु, राजनैतिक नेतागण, बिभीन्न देशका महाबाणिज्य दूत, काउन्सीलका पदाधिकारीहरु, ट्राभल एजेन्ट र टुरअपरेटरका भिक्टोरीयाको नेपाली समुदायका अगुवाहरु साथै स्थानीय सञ्चार माध्यमहरुको समेत बाक्लो सहभागीता रहने छ ।
अष्ट्रेलियाकालागी नेपाली राजदूत लक्की शेर्पाले नेपालमा स्थिर सरकार आएको बेला वैदेशीक लगानीका अभिबृद्धीका लागि कार्यक्रम महत्वपुर्ण साबित हुने धारणा राख्नु भएको छ। राजदूत शेर्पाले भन्नु भयो हामीले नेपाल बिजनेस काउन्सील निर्माण गर्ने तयारीको रुपमा यसलाई लिएका छौं ।
नेपाल सरकारले भनेको सम्बृद्ध नेपाल, खुशी नेपालीको नारालाईनै सहयोग गर्न चाहेको र अस्ट्रेलीयामा रहेका नेपाली व्यबसायहरुले नेपालमा संयुक्त लगानी गर्न चाहेको अवस्थामा पनि संयोजन गर्न तयार छौं।
त्यसै गरि भिक्टोरीयाका लागि नेपालका अबैतानीक महावाणिज्यदुत चन्द्र योन्जनले नेपाल र अष्ट्रेलिया बिचको सम्बन्ध ५८ बर्ष बितीसक्दा पनि अष्ट्रेलियामा गार्मेन्ट सहित केही थोरै सामाग्री निर्यात गरेको तर अष्ट्रेलियाबाट नेपालले पेय पदार्थ, हवाई उड्डययनका सामाग्री आयत गर्दै आएकोले अब भने दुई देश बिचको आर्थिक कुटनीति बिकासका पहल गर्नुपर्ने र यस बिजनेस फोरम यस लक्ष्यको लागि कोशेढुङ्गा सावित होस् भनि बताउनु भयो।
यस बिजनेस फोरममा हरेक राज्यमा रहेका नेपाली महावाणीज्यदुतहरुको सहभागीता रहने छ र यसरी हरेक राज्यका नेपाली वाणिज्य दुतका साथै बिभीन्न व्यबसायिक व्यक्तित्वहरुको सहभागिताले फोरम उपलव्धीपुर्ण हुने महावाणीज्यदूत कार्यलयको धारणा रहेको छ।
सेमीनारबाट आगामी दिनमा गर्न सकिने योजनागत निष्कर्ष निकालिने छ। यसबाट पक्कैपनि नेपाल र अष्ट्रेलियन सरकारलाई सहयोग हुनेछ। कार्यक्रममा नेपाल र अष्ट्रेलियाका उच्चतहको सहभागीताले पक्कै पनि राम्रो उपलब्धी गर्न सहयोग पुग्नेछ।