स्मार्ट एक्सीस र साथी ईन्टरटेन्मेन्ट्सले नेपाली चलचीत्र जङ्गे मेल्बोर्नमा प्रदर्सन गर्न लागेको हो। ३० मेको दिन मेल्बोर्नको चाईना टावन सिनेमा हलमा यो चलचीत्र लाग्ने छ।
“जंगे’ साहस, दृढता र महत्वकांक्षाको कथा हो”
राजनीतिमा र ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर बनाईएको चलचीत्र ‘जंगे’ नेपालका पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाको परिमार्जीत सँस्करण हो । ‘जंगे’ साहस, दृढता र महत्वकांक्षाको कथा हो ।यस चलचीत्रको दृश्यहरु नेपाल भारतको सीमानामा केन्द्रीत रहेर खिचिएको छ । सञ्चारकर्मी सुरजसिंह ठकुरीले आधुनिक जंगेको भूमिका खेलेका छन्।जङग बहादुर राणाको ईतिहास जान्ने र उनको भुमीका अहीलेको आधुनीक युगमा कस्तो हुन सक्छ भनेर देखाउन खोजीएको छ।
“जङ्गे मेल्बोर्न निबासी उत्कल थापाले निर्देशन गरेका हुन् भने कथा अनि पट कथा मेल्बोर्न निबासी अग्राज केसीले लेखेका हुन्”
जङ्गे मेल्बोर्न निबासी उत्कल थापाले निर्देशन गरेका हुन् भने कथा अनि पट कथा मेल्बोर्न निबासी अग्राज केसीले लेखेका हुन्।फिल्मको सिनेम्याट्रोग्राफी निकै सशक्त छ भने सम्राट बस्नेतले एक्सन पक्षलाई आकर्षण ढंगबाट प्रस्तुत गरेका छन् । कलाको सम्योजक यस चलचीत्रको तारीफ योग्य रहेको छ।अभिनयका हिसाबले पनि फिल्म नेपालमा अब्बल मानिएको छ । फिल्मका ऋचा शर्मा, नाजिर हुसेन, नरेश पोडेल, सुशीलराज पाण्डे, अनुप बरालको अभियन पनि रहेको छ ।