eNepal

डाक्टर देवकोटाको अन्तिम बिदाई

दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाकाे अन्तिम बिदार्इ गरिएकाे छ । 

काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पताल प्राङ्गणमा राखिएको डाक्टर देवकोटाको पार्थिव शरीरमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

सोमबार साँझ उपचारको क्रममा निधन भएका डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डाक्टर बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुग्नु भएको थियो । 

स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको छ । डाक्टर देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो । स्वर्गीय डाक्टर देवकोटाको पार्थिव शरीरलाई  केहीबेरपछि पशुपतिनाथमा विद्युतीय माध्यमबाट शवदाह गरिनेछ । देवकोटा निवास हेपाली हाइटमा पत्नी डाक्टर मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकिरिया गर्नुहुनेछ ।

काजकिरिया ७ दिनमा सम्पन्न हुने अस्पतालले जनाएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डाक्टर देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम बेलायतबाट नेपाल फर्कनु भएको थियो । 

डाक्टर देवकोटाकै इच्छा अनुसार गएको हप्ता उहाँलाई गोर्खामा रहेको उहाँकै जन्मघरमा लगिएको थियो । स्वास्थ्य मन्त्री समेत भइसक्नु भएका स्वर्गीय डाक्टर देवकोटा प्रख्यात नशारोग विशेषज्ञ हुनुहुन्थ्यो ।

–तस्बिर रासस

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal