eNepal

फेरी एकजना डिप्रेसनको शिकार भयो अनि अस्ट्रेलीयाबाट सधैको लागि नेपाल फर्कियो (बास्तबिक कथा)

समय दौडिदै थियो। दिन ढल्किदै रातमा लिन हुन आतुर थियो। किचनको चुल्होमा प्यानमा पास्ताहरु फ्राईड हुँदै थिए। ससहरु गुद्गुद पाक्दै थिए। भोलीको लागि डेढसय जनाको बुकिङ थियो। तयारी गर्दै थिएँ। निधारमा बगि रहेको पसिनाको कुनै परबाह थिएन। आगोको ताप अनि डकेटको ताँतीले सास फेर्न समेत समय थिएन। एउटा डकेटको खाना तयार गरि सक्दा अर्को अडरले केही सम्झने फुर्सद थिएन। गोजीमा भ्यार्र भ्यार्र गरेको मोबाईलको पनि केही मेसो पाईएन। पिसाब फेर्न नपाएर व्लाडरनै फुट्ने अवस्थामा थियो। एकै छिनलाई काम थाती राख्दै चर्पी तिर दौडिए। अक्सर धेरैले काममा धपडी हुँदा सुस्ताउने बिश्राम थलोनै चर्पी हुने गर्छ यो परदेशमा। थ्याच्च बसे अनि गोजीबाट मोबाईल झिके। अपरिचीत नम्बरबाट चार मिस्कल आएको रहेछ। 

कामको चपेटा थियो। पाँच मिनेट बस्दा डकेटले काउन्टर भरिएको हुन्थ्यो। पछि गर्छु फोन भन्दै फेरी काम तिर दौडिए। नभन्दै अडरको चाङ लागेको रहेछ। काम सकेर साथीहरुसँग भेट हुने कुरो थियो। शनिबारको साँझ अक्सर साथीहरुसँग भेट गरेर दुख सुखको बात मार्ने चलननै हाबी भएको थियो। कहिले कस्को कोठामा कहिले कसको कोठामा गयो खायो पियो रमाईले गर्यो। यस्तै सप्तान्तमा रमाईलो गर्ने एउटा परम्परानै बनि सकेको थियो हाम्रो।

हतार हतार काम सकेर साथीको तिर हुईकिएँ। बाटोमा एक्कासी सुबोधको याद आयो। साच्ची त्यो गाउँ तिर गएको नि धेरै भयो। स्पोन्सर भिषा भनेर गएको थियो। सायद पिआर लिई सक्यो होला। फोनसोन नि हुँदैन। त्यसले नि गर्दैन। आफु पनि यति व्यस्त भईयो कि एककल गर्ने फुर्सदपनि पाईएन। बोरु साथीहरुको भोली छुट्टी रहेछ भने त्यसलाई सर्प्राईज दिन जान पर्ला। मनमा यस्तै कुरा खेलाउँदै साथीकोमा गएँ। साथीहरु सबै भेट भएर गफिदै खाँदै रमाईलो गर्दै थिए। बियरका सिसी लडि रहेका थिए। भान्सामा मासु पाक्दै थियो। मैले कुरो तेर्साए केटा हो सुबोध गएको नि बर्षौ भयो। शुरु शुरुमा त कुरा हुन्थ्यो तर धेरै भयो कुरा हुन छोडेको। कतै उतै खैरेनी बिहे गरेर पो बसेको छ कि। बोरु भोली जाउँ त्यसलाई सर्प्राईज हुन्छ। लिएर आउँ अनि रमाईलो गरौला। नभन्दै भोली पल्ट सबैको छुट्टी रहेछ। सबै भएर जाने निधो गरे। खाना खाँदै बियर चियर्स गर्दै चुस्कि लिदै थियौ। 

फेरी मोबाईल घ्यार्र घ्यार्र भयो। सोही नम्बरबाट फोन आयो। फोन उठाएँ। फोनमा अपरिचीत व्यक्तिको आवाज थियो। दाई तपाई सुबोधको साथी हो। मैले हो भने। दाई त्यसो भए सुबोधलाई लिन जस्सरी पनि तपाई आउनु। उसको ईस्थिती नाजुक छ। पुरै डिप्रेसनमा गएको छ। जतिसक्दो चाँडो आउनु होला भनेर फोन राख्यो। मन एकाएक छताछुल्ल भयो। मुटुको धड्कन एकाएक बढ्न थाल्यो। साथीहरुलाई सुबोधको कुरा सुनाए।सबै अत्तालिए। सबैले भोली सखारै जाने टुङङ्गो गरे त्यहाँबाट आफ्नो कोठा तिर लागे।

सुबोध अस्ट्रेलीया आएको लगभग ८, ९ बर्ष भई सकेछ। एकदम मिलनसार र मेहीनेती थियो। पढाई र कामलाई राम्रै व्यबस्थापन गर्दै अघि बढ्दै थियो। किचन ह्याण्डको रुपमा काम थालेको सुबोध आफ्नो बलबुतो अनि हँसीलो र मिलनसार बानीले सेफ भयो। साथीहरु सबैसँग उसको एकदमै राम्रो सम्बन्ध थियो। शहरमा बसेर स्पोन्सर् नपाए पछि पिआरको सपनामा उ रिजनल गएको थियो।

सुबोधको खबरले निन्द्रा लागेन। रातभर छटपट भईनै रह्यो। कहिले उज्यालो होला र सुबोधलाई भेट्न जाने भनेर आतुर थियो मन। मोबाईलको अलार्मसँग उठेर सबै साथीहरु भेट भयौ र लाग्यौ सुबोधलाई भेट्न। बाटोमा सबैले सुबोधको नै कुरा गर्दै थिए। उ यस्तो थियो उस्तो थियो, उसको सङ्घर्षको कुरा साट्यौ। दुख गरेर नि सोचे अनुरुपको फल नपाउने सबोध मात्रै रहेछ भनेर उसको बिलौना मात्र गर्यौ। चार घण्टाको यात्रा पछि उ बस्ने ठाउँमा पुग्यौ। 

उसको कोठा तिर हाम्रो पाईला बढे। गएर ढोका नक गर्यौ। अरुनै एकजनाले ढोका खोले। उ ओच्छ्यानमा पल्टी रहेको थियो। उसको स्थिती हेर्दा कस्सम मननै भक्कानिएर आयो। यस्तो स्थितीमा थियो कि बयान गरेर गरिने अवस्थामा थिएन। उज्यालो भने पछि तर्सिने सधै अँध्यारोमा मात्र बस्ने मन गर्ने। कालो कपडा लगाएको मान्छे देख्दा तर्सिने अवस्था भई सकेको रहेछ। उसलाई न के छ भन्ने मान्छे थिए, न कठैबरा भन्नेनै। पुरै एक्लपनले डिप्रेसनको शिकार भई सकेको रहेछ। त्यस्तो हुस्टपुस्ट गोहोरो मान्छे दुव्लाएर दाउरो जस्तै भएछ। खानपनि नखाने, टोलाई रहने। खाली बेशुरका कुरा मात्र गर्ने भई सकेको रहेछ। काममा नजाने भएर कामबाट निकाली दिएछ। स्पोन्सरसिप पनि साहुले हटाई दिएछ।पुरै एक्लोपन भएर भित्र भित्रै खिई सकेको रहेछ। 

हामी सबै साथीहरु भएर उसलाई मेल्बोर्न लिएर आयौ। एकछिनमा मेल्बोर्न जाँदै छौ हो भनेर कुरा गर्थ्यो त एकै छिणमा हामी कहाँ जान लागेको भनेर प्रश्न तेर्साउँ थियो। कुनै बेला शुरका कुरा गर्थ्यो। जिन्दगीले धोका दिएको कुरा गर्थ्यो र सबैलाई भाबुक बनाउँ थियो। एकै क्षणमा बेशुरका कुरा गर्थ्यो। करिब एक महिना मेल्बोर्न बस्यो। घरमा सरसल्लाह गर्यौ। उसलाई क्रमिक रुपमा ठिक हुँदै थियो। औषधी उपचार पनि हुँदै थियो तर उसलाई अस्ट्रेलीया बस्न कति पनि रुची भएन। एक्लो बनाउने यो श्वमसान जस्तो देशमा कत्ति पनि बस्न मन गरेन। अन्तत: एक महिनाको मेल्बोर्नको बसाई पछि नफर्किने गरेर सधैको लागि नेपाल गयो सुबोध। अहिले उसको परिवारको साथमा उपचार भई रहेको छ। क्रमिक सुधार आउँदैछ। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349