eNepal

सलमानको ‘रेस ३’ नहेर्न आमिरलाई फ्यानहरुको यस्तो सुझाव

गत शुक्रबारबाट प्रदर्शनमा आएको सलमान स्टारर फिल्म रेस ३ नहेर्न आमिरका फ्यानहरुले सल्लाह दिइरहेका छन्। आमिरले सलमानको फिल्म रेस ३ हेर्ने चाहन तीव्र भएको आफ्नो ट्विटर एकाउन्टमा पोस्ट गरेसँगै यस्तो सल्लाह प्राप्त गरेका हुन्। 

आमिरले ट्विट गरेका छन्, ‘हाई सलमान, मैले अहिलेसम्म रेस ३ हेरेको छैन। तर मलाई थाहा छ कि फिल्म मलाई धेरै नै मन पर्नेछ। व्यक्तिगत र व्यावसायिक रुपमा धेरैधेरै माया, मलाई फिल्मको ट्रेलर अत्यन्तै मनपर्‍यो र फिल्मले सारा रेकर्ड तोड्दै ब्लक बस्टर हुनेछ।’ 

फिल्म हेरिसकेका फ्यानहरुले भने यही ट्विटका आधारमा आमिरलाई रेस ३ नहेर्न आग्रह गरेका हुन्। उनीहरुले रेसका अघिल्ला संस्करणहरु जस्तो उत्कृष्ट रेस ३ नभएको बताएका छन्। कतिपय फ्यानहरुले रेस ३ सुपर फ्लप हुने थाहा पाउँदापाउँदै पनि सलमानको आग्रहमा आमिरले यस्तो स्टाटस लेखेको आरोपसम्म लागाउन भ्याएका छन्।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349