पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने कार्यक्रममा प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मानवहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने क्रममा वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी फिर्के खोलमा खसेर घाईते भएका छन् ।
कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी र रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए । पत्रकार अधिकारी उपचार पछि घर फर्केका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । श्रेष्ठ सामान्य छन् । पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ । उनलाई बढी चोट लागेको छ ।
पोखराका साहित्यकार बसन्त बिनोद यहि बिषयमा आफ्नो फेशबुकमा लेख्नुहुन्छ – फिर्केखोलामा पैदल मार्ग निर्माणको उद्घाटन प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सि.ले गर्ने क्रममा आत्तिएर डोजरको लिभर चलाउँदा बकेटले पर्खाल भत्काएको र सोही कार्यक्रमको समाचार संकलनको क्रममा रहेका पत्रकार लगायत सर्वसाधारण फिर्केखोलामा खसेर घाईते भएको सुन्नमा आएको छ ।घाइते हुने पत्रकार तथा सर्वसाधारण नागरिकहरुको शिघ्रातिशिघ्र स्वास्थ्यलाभको कामना गर्दै मेयर जि.सि.को सवारी चालक अनुमतिपत्र हेरि डोजर चलाउने अनुमति पत्र नभए कडा भन्दा कडा कारबाही गरिनुपर्छ ।प्रमुख अतिथि हुनेले आफुलाई अनुमति प्राप्त नभएको काम गर्न पाईन्छ भनेर लेखिएको त छैन होला नि कानुनमा?