आगामी बिहिबारदेखि सुरु हुन गइरहेको विश्वकप फुटबल हेर्दा होहल्ला गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विश्वकपसम्बन्धि सूचना जारी गरी यस्तो निर्देशन दिएको हो।
सूचनामा छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने, प्रबेशशुल्क लिएर विश्वकप देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, बाजी राख्न नपाइने लगायत छन् । विश्वकपका नामम हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा बलियो राख्न यस्ता नियम लागू गरिएको काठमाडौंका सहायक प्रजिअ बासुदेव घिमिरेले बताए।
यस्तो छ सिडिओ कार्यालयको सूचनाः