ज्योती यो मेरो पहिलो कार्यक्रम थियो तिम्रो प्रस्तुती हेर्ने। बास्तबमा तिमीलाई युट्युवहरुमा हेरिन्थ्यो, राम्रो लाग्थ्यो, रमाईला हुन्थे तिम्रा कार्यक्रम। मलाई थाहा छ तिमीले गाएको अनि नाचेको गीत उही मुलाको सिन्की उही मुलाको चाना,हो यहि गीतबाट तिमीलाई मैले राम्रोसँग चिनेको जसमा राम चन्द्र काफ्लेले साथ दिनु भएको छ।सार्है राम्रो लागेको थियो गीत। पछिका गीत त्यती फलो गरिन तर फेरी चर्चामा आएको ढाडे बिरालो पनि हेरे।राम्रो नै लाग्यो। हिजो प्रत्यक्ष हेर्न मौका मील्यो।
“मादल र सारङ्गीमा हिजो लोकदोहोरीमा मिलन लामा र तीमीले गाउँदा मलाई साँच्चै म कुनै रोधी घरमा बसेर झुमी रहेको आभास भएको थियो”
हिजो तिम्रो दुईवटा रुप हेर्ने सौभाग्य मिल्यो। कलाकारलाई एकदम सम्मान र ईज्जत गर्छु म।साँच्चै भन्नु पर्दा तिमीले छानेको बिधा भनेको लोक सङ्गीत जसमा नेपाली पन अनि नेपाली मन बोकेको पुर्खाहरुको लामो कथा छ।गाउँ वेशीमा दिदी बहिनीको आफ्नो पिढा,दुख, सुख पोखीने भावहरु झल्कको झल्केको हुन् लोक भाकाहरुमा। नेपाली गीत सङ्गीतको उद्गम् स्थलनै लोक सङ्गीत हो जसले बिश्व सामु नेपालीलाई चिनाएको छ।मादल र सारङ्गीमा हिजो लोकदोहोरीमा मिलन लामा र तीमीले गाउँदा मलाई साँच्चै म कुनै रोधी घरमा बसेर झुमी रहेको आभास भएको थियो।
मैले हिजो तिमीलाई नजिकबाट हेरीरहेको थिएँ। तिम्रा फरक धारका दुई पोसाक पनि नियाली रहेको थिएँ तर साँच्चै भन्नु पर्दा मैले तिमीलाई स्कर्ट र भोटोमा कति पनि सेक्सी देखीन केवल केही युवाहरुलाई कामुकमात्र बनाउन सक्यौ जस्तो लाग्यो।मेरो बिचारमा सेक्सी भनेको त यदि कसैलाई आँखा नझिम्काई कन यदि हेरीन्छ भने उसमा कुनै आकर्षक गुणहरु हुन्छ र त कोहीले हेर्छ तर म लगाएत त्यहाँ उपस्थित धेरैले तिमीलाई लामो समय सम्म हेर्न सकेनौ। अव भन कसरि तिमी सेक्सी भयौ।
“कति राम्री रोल्पाकी मगर्नी आँखा लजालु, राता गाला अनि पहाडको झरनाको पानी र ढिडो खाएको हुस्ट पुस्ट शरीर। हो मैले तिमीलाई त्यो बेलामा चाँही पक्कै सेक्सी देखेको नै हो”
होलान् केही यौवनका भर्कर फुलेको कोपीलाहरुलाई तिमी सेक्सी लाग्यो होला तर अधिकांशलाई लागेन कि छाटो कपडामा तिमी सेक्सी। बरु जब तिमी फरिया र चोलीमा पुनः मन्चमा आयौ,मैले पक्कै महसुस गरे कि तिमी कामुक छौ। कामुक आँखाले बनाउने हो अङ्गले होईन होला। मैले तिमीलाई राम्रोसँग हेरे हेरी रहे।कति राम्री रोल्पाकी मगर्नी आँखा लजालु, राता गाला अनि पहाडको झरनाको पानी र ढिडो खाएको हुस्ट पुस्ट शरीर। हो मैले तिमीलाई त्यो बेलामा चाँही पक्कै सेक्सी देखेको नै हो।
तिमीले स्टेज तताई राख्दा यसो आँखालाई शितल दिन बाहिर निस्के,एकजना दाईसँग भेट भयो। अनि मैले सोधे- दाई कस्तो भईरहेको छ? रमाईलो भईरा होला भनेर। दाईले भने खै भाई रमाईलो भईरा छ। पुनः प्रस्न तेर्साए खै त बुवा आमालाई ल्याउनु भएन नि। उहाँले भन्नु भयो ल तपाईनै भन्नु न म कसरी ल्याउँ बुवा आमालाई। खुब रहर गर्नु भएको थियो आउनलाई तर बिडम्बना भनम् कि के भनम ल्याउन असमर्थ भए। अर्का भाईलाई सोधे कस्तो भईरा छ भाई कार्यक्रम भनेर।भाईले रमाईलो पारामा भन्यो बल्ल $२५ अशुली भयो। ज्योती नानी सार्है कडा।मन खुस दिल पनि खुस।
“भाईले रमाईलो पारामा भन्यो बल्ल $२५ अशुली भयो। ज्योती नानी सार्है कडा।मन खुस दिल पनि खुस”
मिस्रीत प्रतीकृया लिएर फेरी हल भित्र पसे। हो तिमी कलाले भरिपुर्ण भएकी गायीका हौ।तिमी नृत्यमा पनि उस्तै पारङ्गत छौ। एउटा कलाकारले गीत गाएर मात्र हुन्न आजको मोडन जमानामा, उसले स्टेजलाई पुर्ण रुपमा कभर गर्नै पर्छ नत्र आजका दर्शकले त्यती रुचाउँदैनन्।यहाँ मैले भन्न खोजेको के हो भने होला तिम्रो लवाईले केही बर्ष त टिक्ल्यौली तर कालान्तर सम्म टिकी रहन गार्है पर्ला कि! फेरी तिमीले छानेको बिधा पर्यो लोक सङ्गीत अनि तिमी नै भन्छौ मोड्नाईजेसन् यानिकी परिमार्जीत गर्न खोजेको। अनि के लुगा नलगाउँदैमा मोडनाईजेसन् हुन्छ त!जे होस तिम्रो कलाकारीता निखार्दै जाओस, नेपाली पन बोकेका गीत सङ्गीत हामी श्रोता अनि फ्यानहरुलाई दिदै जाउ। केही युवाको मात्र मन जित्न नखोज, सिङ्गो नेपालीको मन जित्न तिर दौड।शुभकामना छ तिमीलाई