eNepal

अब पढेकी भन्दा नि काम गर्ने केटी खोज्देउ है बा

हातमा तिस किलोको लगेजसँगै काम गर्न सक्ने हात खुट्टा अनि गतिलो ढाड लिएर अस्ट्रेलीया आउँदा हुन्छ। पैसा पठाउने र जोगाउने कुरालाई पढाई नसकिन्जेल नसोची आएको बेश।

एउटा भाई दुई बर्षको अस्ट्रेलीयाको बसाई पछि बिहे गर्नलाई नेपाल जाने निधो गर्यो। घरबाट बिहे गर बिहे गर भनेर किच्किच गरेका गरै भए। कहिले तल्ला घरकी दिदीले भनेको होटल म्यानेजमेन्ट पढेकी केटी छ भनेर सुनाउँथे त कहिले नर्सिङ पढेकी केटी भनेर सुनाएर हैरान बनाउँथे।

फेरी मनमनै सोच्थे होईन केटी ल्याउने भनेको त अहिलेनै हो। भोली टक्क पिआर पाए पछि बिहे गरेर ल्याएर त टाउकोमा टेक्छन्। मातिएर कामनै नगर्लान। हुन पनि कलेजको फी तिर्ने कर हुँदैन। न त ऋण तिर्न पर्ने चटारोनै। अहिले ल्याईयो भने पो कसरी दुःख गर्न पर्ने रहेछ, कलेजको फिको लागि कसरि सेभीङ गर्न पर्ने रहेछ भनेर थाहा पाउँछन्। बुढाले पढाई अनि काम र घरको लागि समयको सहि ब्यबस्था कसरि गरेको रहेछ बुझ्छन् पनि।

अस्ती पिआरवाला दाईको घरमा खाना खान बोलाएका थिए। दाईलाई पहिले देखी चिनेको भएर भाई भाउजुलाई भेट्न पनि हुन्छ आउ यसो डिनर गरौला भनेर बोलाए। काम सकेर साँझ तिर उनको कोठा तिर लागे। गएर दाईले मासु बनाउन थाले। मलाई के पिउँछौ बियर कि चिसो भने। हैन दाई ठिकै छ आज चिसै पिउँ भनेर ग्लासमा कोक राखेर आफु खानाको तयारीमा लागे। भाउजु हुनुहुन्न कि क्या हो भनेको खै भित्र कोठा तिर छिन् होला। हिन्दी सिरीयल हेर्छिन अझ क्राईम पेट्रोल र साबधान ईन्डिया त छुटाउँदै छुटाउनन्। अहिले फेरी बिगबोशको भुत चडेको छ। त्यहि हेर्दै होलीन। अनि प्वाक्क सोधे काम गर्नु हुन्न। खै खासै गर्दिनन्। नेपालमा बैकको जागिरे थाईन्।

यता अब बैंकमा भन्ने बितीकै जागीर पाईदैन। अरु काम गर्न भनेको सक्दिन्न रे। अस्ती एकदुई दिन हाउसकिपीङ गर्न जाउ भनेर पठाएको साँझ आउँदा आफैले तेल लगाएर मसाज गर्न पर्यो। तैट त्यस्तो कामनि गर्छन् भन्दै मसँग उल्टै झर्किईन्। त्यसपछि म पनि केही बोलीन। आजकाल एजकेयरको ट्रेनीङ चाँही लिदैछिन्। अब त्यो कामपनि कहाँ सजिलो छ र। ट्रेनीङ पनि बेकारनै हुने हो कि। यति गफ गर्दा सम्म भाउजु कोठाबाट मरि काट्य बाहिर निस्कीनन्।

दाईले पुनः गुनासो सुनाए। पिआर पाए पछि बिहे गरेर गल्तीनै गरिएछ भाई। सबै दुख जति आफैले गरियो। नेपालबाट ब्याजको तनाब साहुका पैसा तिर्न पर्ने तनाब। सोर्ह घण्टा सम्म काम गरेर कलेजमा पढ्नको साटो थकान मेट्न सुत्न जान्थे। न दिन भनियो न रात न घाम भनियो न पानी। न भोक भनियो न प्यास। दगुर्दा दगुर्दै लास्ट ट्रेन फुत्किएर स्टेसनमै कैयौ रात बिताईयो। हङ्ग्री ज्याक्सको एपमा सेक गरेर कैयो चोटी फ्री बर्गर खाएर भोक मेटाईयो अनि दुई पिस पाउरोटीको भरमा कयौं रात त्यतिकै कटाईयो। आज धेरै दुख अनि मेहीनेत र सङ्घर्ष पछि पिआर हात पर्यो। अब चाँही बिहे गर्न पर्यो भनेर बिबाह त गरियो तर आँखाले दुख देखेको भए, सङ्घर्ष गरेको भए पैसा कमाउन कति गार्हो रहेछ बूझेका भए आझ यस्तो हुने थिएन। खातामा पैसाको कमी छैन। मन लागेको सबै गर्न पाईएको छ।जब अभाब हुन्छ अनि बल्ल मनैबाट हैट केही गर्न पर्छ भन्ने आउँदो रहेछ।सबैले पुगे पछि ज्यान पनि अल्छी बन्दो रहेछ। एकै चोटी पिआरको ट्याग भिराएर ल्याए पछि देख्यौ नि यस्तै हभिगत हुने रहेछ।

यत्तिकैमा भाउजु निस्किन बाबा खाना पाक्यो भन्दै। दाईले चिनाई दिए।नमस्कार गरे। भाउजुको कानमा एयरफोननै घुसुरी रहेको थियो। आफै गुन्गुनाउदै थिईन्। सामान्य कुरा भयो।दाईले खाना पस्के। भाउजुले नि खाना खाईन्। भाडा सिङ्कमै राखेर फेरी कोठा पसिन्। दाई र म केही बेर गफ गरेर म पनि बिदा भएँ।

ति भाउजुलाई देखेर कता कता मनमा चिसो पसि रहेको थियो। भोली दुःख जति म गरौला अनि पिआर पाए पछि यस्तै भाउजु जस्ती केटी परिन भने त जिन्दगीनै झोलमा डुब्छ, टोक्नु न बोक्नुको अवस्थामा पुगीन्छ।बोरु अहिले ल्याएर यहाँको दुखसँग मित लगाउन सिकाउँछु, भोको पेटमा काम गर्न सिकाउँछु अनि कलेजले पैसा तिर्ने अर्जेन्ट लेटर पठाउँदा कसरी त्यो पैसा जोहो गर्न सकिन्छ भनेर आफैले भोग्न सिकाउँछु। निन्द्राबाट अलार्मको घण्टीको धुन बजी सक्दा उठ्न सिकाउँछु, हतार हतार पाउरोटी टोक्दै ट्रेन छुट्ला कि भन्दै पाउरोटी टोक्दै प्लेटफर्म दगुर्न सिकाउँछु।

त्यसैले बाबा म आउँदै छु मलाई अनुहार राम्री र नक्कली बुहारी भन्दा हात खुटा दरा अनि ढाड गतिलो भएकी बुहारी खोज्दिनु।मिल्यो भने यहि माघमा बिहे गर्न पर्यो।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349