eNepal

डा देवकोटालाई आइसियुबाट निकालियो

पित्तथैलीको क्यान्सर भई उपचाररत वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई आइसियुबाट निकालिएको छ । स्वास्थ्य अवस्था गम्भीर, तर स्थिर रहेका उनको स्वास्थ्यमा सामान्य सुधार देखिएपछि आइतबार आइसियुबाट निकालिएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत काशीराज घिमिरेका अनुसार डा देवकोटालाई भिआइपी वार्डमा राखिएको छ । शनिबार मात्रै हेलिकोप्टरमार्फत जन्मथलो गोरखा पुगेर आएका देवकोटाको अनुहारमा केही चमक देखिएको उनले बताए । ‘उहाँलाई सुविधासम्पन्न भिआइपी वार्डमा सारिएको छ, आवश्यक परे आइसियुमा लगिने छ,’ घिमिरेले भने ।आजको नयाँ पत्रिकामा खबर छ।

देवकोटाले आइतबार दिउँसो विभिन्न दलका नेताहरूलाई भेटेका छन् । शनिबारसम्म हातले इसारा गरेका उनले आइतबार भेट्न आउनेलाई नमस्कार फर्काएका थिए । डा देवकोटाले सात चम्चा सोडापानी खाएका छन् । ‘मेरो जन्मघर जाने ठूलो चाहना थियो, पुगेर आएँ,’ देवकोटाको भनाइ उद्धृत गर्दै घिमिरेले भने ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal