eNepal

यसकारण प्रचण्डविरुद्ध उत्रियो कांग्रेस, ओली पनि उच्च निगरानीमा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा उठाएपछि प्रमुख प्रतिपक्षी नेपाली कांगेस विरोधमा उत्रिएको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयमा के गर्छन भनेर उच्च प्राथमिकताका साथ हेरिरहेको जनाएको छ। शनिबार भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानको कार्यक्रममार्फत वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डको कडा आलोचना गरे। त्यसैगरी ओलीको पनि निगरानी गरिरहेको र संविधान विपरित हिडे कांग्रेसले नछोड्ने स्पष्ट पारे।

सत्तामा भएपनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संविधान विपरीत कार्यकारी राष्ट्रपतिको विवाद निकालेर अस्थिरता निम्त्याउन खोजेको उनको आरोप छ। “छ वर्षसम्म संविधानका अक्षर र शब्द छलफल गरेर बनाइयो, अहिले सत्तारुढ दलकै नेता यस विपरीत कुरा गरेर अस्थिरता ल्याउन खोजिरहनुभएको छ, यो प्रश्नले विवाद र अस्थिरता निम्त्याउँछ, संविधान विपरीतको कुरा कांग्रेसका लागि मान्य हुँदैन”–उनले भने ।

कांग्रेस प्रतिपक्षमा भएपनि देशमा स्थिरता, शान्ति र समृद्धि चाहेको बताउँदे नेता पौडेलले सत्तारुढ दलले दुई तिहाईको गठबन्धन बनाउन खोज्नु र कार्यकारी राष्ट्रपतिको विषय उठाउनु वनमा बाघ कराउनु र खोरबाट बाख्रा हराउनु जस्तै भएको तर्क गरे। लोकतन्त्र अझै सुनिश्चित नभएकाले सजग रहन पनि उनले सचेत नागरिकलाई आह्वान गरे ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि बजेटको ११ प्रतिशत राखेर शक्तिशाली बनाउन खोज्दा शंका उपशंका उब्जिएको बताए । शक्तिशाली सरकारी निकाय पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्न खोजी सरकार अधिनायकवादतर्फ जान लागेको उनको विचार थियो । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले विदेश मामिला र समृद्धिका लागि सत्तापक्ष एवम् प्रतिपक्षका बीच एकमत हुनुपर्ने विचार राख्नुभयो । शक्तिशाली नभई जनताप्रति उत्तरदायी शासकको आशामा नेपाली जनता रहेको उनले सुनाए ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal