eNepal

अस्ट्रेलीयाका नेपाली नेटवर्कको जालोमा फस्दै, करोडपती बन्ने सपना चकनाचुर

नेपालमा धेरैले धेरै गुमाएको अनि धेरैलाई रुवाएको ‘यूनिटी’, ‘लाईफभिजन ईन्टरनेशनल’, ‘गोल्डक्वेष्ट’, ‘हर्बो’को मल्टिलेबल मार्केटिंगको चक्कर अनि ढुकुटीको खेला हावा फुस्केको बेलुन बनेपनि अष्ट्रेलिया आएर नेपालीहरू फेरी बिना कुनै ठूलो परिश्रम करोडपति बन्ने सपनाका साथ एसीएन र अन्य नेटवर्कको जालोमा जेलीन लागेका छन्।

त्यसैले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई सबै भन्दा चिन्ता हुन्छ, काम अनि पैसाको। ‘कसरी कमाउने पैसा’, ‘सँधै किचन र क्लिनिङको काम गरेर त सकिन्न’, ‘फिजिकल काम मात्र कति गर्नुरु’, ‘कसरी जोड्ने अष्ट्रेलियामा घर’, ‘खैरेहरू जस्तो ७० वर्षसम्म काम गर्न त सकिन्नद’ यस्तै प्रश्नहरूका बिच यतिखेर अष्ट्रेलियामा नेपाली माझ झाँगिन थालेको छ ‘करोडपति सपना’ र त्यसलाई साकार पार्ने उपाय। अनि हरेक जसो साता नयाँ सदस्यको ‘इन्ट्री’ गराउने र कमीसन बढाउने अभियान। त्यसका लागी अभियन्ताहरू लागि रहेका छन्,फुर्सत पाउने बित्तिकै। आफ्नो चिनजान भएका हरेकलाई फोन गर्न अनि भेट्ने अनुरोध गर्न। अनि सिड्नीको सजिलो करोडपति बन्ने योजना र बाटोबारे चर्चा गर्न। थोरै आर्थीक र धेरै सम्बन्धको लगानीले देखाउने अनन्त सम्वृद्धिको योजना चाहिँ हामी धेरैका लागि परिचित नेटवर्कीड ‘एमएलएम’ अर्थात ‘मल्टिलेबल मार्केटिंग’ नै हो।

नेपालमा धेरैले धेरै गुमाएको अनि धेरैलाई रुवाएको ‘यूनिटी’, ‘लाईफभिजन ईन्टरनेशनल’, ‘गोल्डक्वेष्ट’, ‘हर्बो’को मल्टिलेबल मार्केटिंग पिरामिड शैलीको मार्केटिंग०को चक्कर अनि ढुकुटीको खेला हावा फुस्केको बेलुन बनेपनि अष्ट्रेलिया आएर नेपालीहरू फेरी बिना कुनै ठूलो परिश्रम करोडपति बन्ने सपनाका साथ नेटवर्क तयार पार्नमा लागेका छन्। जोसँग नेटवर्क र आफन्तलाई हाबा भरेको बेलुन बनाएर सपनाको करोडपति संसारमा पुग्ने योजना छ।

त्यसको लागि पछिल्लो समय नेपालीहरू ‘एमवे’ र ‘एसीएन’मा कस्सिएर लागेका छन्। ‘एमवे’ र ‘एसीएन’मा लाग्ने नेपालीको संख्यामा उल्लेख्य रूपमा विद्यार्थीहरू पनि छन् जो शारिरीक परिश्रम पर्ने कामको बिकल्पमा यो नेटवर्क मार्केटिंगले वार्षिक १ लाख ५० हजार डलर सम्म कमाइने मिठो सपनामा छन्। र त्यसैको चक्करमा ५०० डलर खर्चेर सदस्य बन्दै आफ्नो लगानी उठाउन आफ्ना साथीभाई अनि आफन्तलाई यसमा लगाउन कम्मर कसेर लागेका छन्।

सिड्नीमा त अवस्था यस्तो बनिसक्यो कि लामो समय देखी सम्पर्कमा नरहेकाहरूले फोन गरे भने पक्का ‘एमवे’ वा ‘एसीएन’मा मेरो अण्डरमा सदस्य बन्न परयो भन्न नै हो भन्दा फरक नै नपर्ने हुने थाल्यो। फेसबुकमा आउने मेसेजहरु पनि ‘एमवे’ र ‘एसीएन’कै कुरामा केन्द्रित हुन थालेको छ। त्यसो त फेसबुकमा खाली समयमा एक्स्ट्रा कमाईको लागी काम गर्न ईच्छुकले सम्पर्क गर्नुस भन्ने सन्देश समेत आउन थालेका छन ।

‘एसीएन’मा चैं लाग्दैमा ५०० डलर सदस्यता शुल्क तिर्नुपर्छ। आफुले ३० देखी ६० दिनमा दुईतीन जनालाई ५०० तिर्ने सदस्य बनाएपछी चैं यो फिर्ता हुन्छ। यही कारण हो ‘एमवे’मा लाग्ने भन्दा ‘एसीएन’मा लाग्नेहरू सदस्य बन्नलाई धेरै जोड दिन्छन्। ‘एसीएन’को राम्रो पक्ष भनेको ग्रोसरीको सामान चैं बेच्नुपर्दैन, भोडाफोनको कनेक्सन, बिजुली, ईन्टरनेटको कनेक्सन साथीभाई, आफन्तलाई बेच्ने हो। यसमा आफन्तलाई पनि केही छुट भएजस्तो मात्र भान हुन्छ।

के यो नेटवर्किङ हो ?

यो तपाईलाई चिनाउने मानिसले यो दुवैलाई अवसर, बिजनेस वा प्रोजेक्टको रूपमा चिनाउँछन। गुगल गरेर हेर्नुभयो भने ‘एमवे’ र ‘एसीएन’ दुवै मल्टिलेबल मार्केटिंग कम्पनी हुन्। जसले आफ्ना सदस्यहरूलाई थप सदस्य बनाउन र आफुले मार्केटिंग गर्ने सेवा र उत्पादन किनाउन प्रोत्सासित गर्छन्। जुन कुरा सदस्यले आफ्ना साथीभाई आफन्तको नेटवर्क नबनाई र नेटवर्कमा नकिनाई बिजनेस अनि कमिसनको आम्दानी हुँदैन। त्यसमा पनि यसको विस्तार शैली नै पिरामिड छ। एकबाट दुई अनि दुईबाट चार। अरुलाई सदस्य बनाउन नसक्नेका लागी यो सहयोग गरेझै हो । आफु फस्ने र कमाउने धन्दामा लाग्न अरुलाई फसाउने यसको मुख्य ध्येय रहन्छ । नेपालमा भने यो गैर कानुनी मानीन्छ ।

नेपालमा त गैरकानुनी थियो त ?

मल्टीलेबल मार्केटिंग एमएलएम पश्चिमा देशहरूमा कानुनी मात्र होइन राम्रो व्यवसायका रूपमा चीनीएको रहेको छ। मल्टीमिलियन डलर नाफा गर्ने यस्ता कम्पनिको आर्थिक अवस्था नि राम्रै हुन्छ। अष्ट्रेलियामा पनि यी दुवै व्यवसाय कानुनि मान्यता प्राप्त मार्केटिंग कम्पनी हुन। अष्ट्रेलियामा उपभोक्ता अधिकार र सुरक्षा सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था भएकाले यीनमा लाग्दैमा डराउनु पर्दैन। त्यसमा पनि दुवै कम्पनी भौतिक रूपमा नै अष्ट्रेलियामा छन्। तर फकाएर, लालचमा पारेर पाँचसय डलर पचाएको गुनासा र टीका टीपर्णी भने नीकै आउन थालेका छन ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349