eNepal

सातजना ‘हुन्डी कारोबारी’ पक्राउ

प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोबार गर्ने सातजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाइ छ।

महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार ‘हुन्डी काराबोरी विरुद्ध चलाएको अपरेसनका क्रममा न्युरोड लगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोबार गर्ने सातजनालाई पक्राउ गरी उनीहरुबाट सो रकम र चेक बरामद गरेको’ जनाएको छ।

महाशाखाले नेपाल ओभरसिज मार्केटिङका राहुलराय अग्रवाल, एलाइट बिजनेस प्रालिका राजकुमार श्रेष्ठ, साङतानी ट्रेडर्सका शिवकुमार साङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एन्ड साइन मार्केटिङका राजकुमार सिघान्ची र जगदिश सरियालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु ठूला हुन्डी कारोबारी भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए ।

उनका अनुसार पक्राउ परेकाबाट ५१ लाखभन्दा बढी नगद र तीन करोड ५६ लाख ७३ हजार रुपैयाँ बराबरको चेक बरामद भएको छ । उनीहरु विगत लामो सयमदेखि हुन्डीको कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । ‘लामो समयदेखि उनीहरु महाशाखाको निगरानीमा थिए आज पक्राउ परेका हुन्,’ महाशाखा प्रमुख एसएसपी सिंहले भने, ‘लामो समयदेखि मुलुकमा हुन्डी कारोबारीहरु सक्रिय छन् ।’ उनका अनुसार प्रहरीले शंकास्पद हुन्डी कारोबारीको विशेष निगरानी गरिएको थियो । सोही क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

हुन्डी सञ्चालकले आफ्नो बैंक खाता प्रयोग नगरी दलालमार्फत कारोबार गर्ने र बैकिङ प्रणालीबाट आउने पैसा व्यक्तिगत रुपमा आदानप्रदान हुने भएकाले प्रहरीले यसलाई गैरकानुनी कारोबार मानी अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागमा पठाउने गरेको छ । डेढ वर्षअघि तीन करोड रुपयाँ रकम उठाई एनआरएन कोरियाका सचिव सोगेन्द्र घले फरार भएपछि प्रहरीले नेपालमा कोरियाबाट हुने हुन्डी कारोबारमा निगरानी बढाउँदै आएको थियो ।

यसअघि प्रहरीले विपिन उप्रेतीलाई पक्राउ गरी उनको साथबाट १० लाख ४० हजार रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेका उप्रेतीको बयानको आधारमा मुख्य कारोबारी रमेश सिवाकोटी भएको खुलेको प्रहरीले बताए पनि त्यतिबेला सिवाकोटीलाई पक्राउ गर्न सकेको थिएन । यसअघि महानगरीय प्रहरी प्रहरी वृत्त जनसेवाले पनि न्युरोड क्षेत्रबाट २४ जना हुन्डी कारोबारी पक्राउ गरी राजस्व अनुसन्धान विभाग पठाएको थियो । प्रहरीले उनीहरुबाट करिब एक करोड ५० लाख रुपैयाँ बरामद गरेको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349