eNepal

लोकसेवा परीक्षा केन्द्र पुग्न चार मिनेट ढिला हुँदा छात्रद्वारा आत्महत्या

आइतबार आयोजित लोकसेवा परीक्षामा प्रवेश नपाएपछि भारतका २८ वर्षे छात्रले झुण्डिएर आत्महत्या गरेका छन् ।

कर्नाटकका २८ वर्षे  छात्र वरुण उत्तर दिल्लीस्थित पहाडगंज परीक्षा केन्द्र पुग्न ढिला भएपछि उनलाई परीक्षामा समावेश हुन नदिएपछि उनले राजेन्द्र नगरस्थित भाडाको कोठामा आत्महत्या गरेको पुलिसले जानकारी दिएको छ ।

स्रोतका अनुसार वरुण आइतबार पहाडगंजको केन्द्रमा पुग्नुको साटो अन्य सेन्टर पुगेका थिए । सेन्टर गलत भएको थाहा पाएपछि उनी ९ बजेर २४ मा आफ्नो सेन्टर सर्वोदय बाल विद्यालय पुग्दा उनलाई चार मिनेट ढिलो भयो भन्दै प्रवेश गराइएन । त्यहाँ उपस्थिती पुलिसकर्मी र सेन्टर सुपरिन्टेन्डेन्टलाई आग्रह गर्दासमेत उनले परीक्षामा प्रवेश हुन नपाएपछि भाडाको कोठामा फर्किएपछि आत्महत्या गरेको बताइएको छ ।

पुलिसले घटनास्थलबाट सुसाइड नोट पनि बरामद गरेको छ जसमा उनले आफ्नो परिवारलाई माफी दिन र बिर्सिदिन बिन्ती गरेका छन् ।

परीक्षाका लागि उनले निकै लामो समयदेखि तयारी गरिरहेको बुझिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349