eNepal

मेलम्ची: ठेकेदारले हात झिक्ने

दसैंअघि नै सम्पन्न हुने भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम आर्थिक मसान्तको मुखैमा आएर ठप्प भएको छ। बढीमा चार महिनाभित्र काठमाडौंमा मेलम्ची पुर्याउने प्रतिबद्धता गर्दै तालिका बनाएर काम गर्ने भनिए पनि ठेकेदार कम्पनीले काम नगरेपछि सरकार अन्योलमा परेको हो। खानेपानीमन्त्री बिना मगरले ढिलोमा पनि दसैंअघि पानी वितरण गर्ने बताएकी थिइन्।

मन्त्रालयले इटालीमा रहेको ठेकेदार कम्पनी सीएमसीको केन्द्रीय कार्यालयलाई शुक्रबार अन्तिम पत्र पठाएको छ। मन्त्रालयका सचिव कृष्णराज बीसीले झन्डै एक महिनादेखि काम रोकिएको जानकारी दिँदै अब पनि उच्च व्यवस्थापनले गम्भीरता नदेखाए सरकारले जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी दिए। ठेकेदारले विभिन्न बहाना गरेको, साइटमा इन्जिनियरलगायतसँग समन्वय नगरेको, उच्चपदस्थसँग आन्तरिक विवाद भएको र परामर्शदातासँग पनि समन्वय नगरेकोलगायत कारणले मेलम्चीको काम अघि नबढेको उनको भनाइ छ। सम्बन्धित ठेकेदार पक्षको सहमतिअनुसार अब टनेल इन्भर्ट लाइनिङ र फाइनल सपोर्ट, हेडवक्र्स र पानी पठाउने अन्य संरचना, टनेल मोनिटरिङ प्रणाली र तथ्यांक प्रणालीमा सूचना, एयर भेन्टिलेसन, भर्टिकल साफ्ट स्थापना र पानी डाइभर्सन गर्ने काम बाँकी छ।

वैशाख १३ गते मन्त्रालयका उच्च कर्मचारी, मेलम्ची आयोजना विकास समितिका निर्देशक, एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधि, ठेकेदार र इन्जिनियरसमेतको सिंहदरबारमा बसेको बैठकमा साउन ३० गतेभित्र सुन्दरीजलमा पानी खसाल्ने गरीको तालिकासहित कार्ययोजना बनाइएको थियो। २७ किलोमिटर लामो सुरुङको गत चैत २७ गते सिन्धु ग्याल्थुम खण्डको साढे सात किलोमिटर ब्रेक थ्रु भएको थियो। मेलम्चीको कामबारे मन्त्रालयका सचिव बीसीले सञ्चारकर्मीलाई भने, ‘मन्त्रालय हरेक काममा सकारात्मक र सहयोगी भएर सहमतिअनुसार काम गर्दागर्दै पनि ठेकेदारले काममा चरम लापरबाही गर्छ भने तपार्इंहरूले कम्पनीलाई नङयाइदिनुपर्छ।’ ठेकेदारसँग औपचारिक एवं अनौपचारिक छलफल गर्दा काम अघि नबढेपछि मन्त्रालयले वैशाख २५ गते ‘नोटिस टु करेक्ट’ जारी गरेको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349