अष्ट्रेलियाकी २४ वर्षिय अरी कलाले एक अनौठो कुराको तथ्य पत्ता लगाएकी छन् । उनी एक मनोवैज्ञानिक युवती हुन । उनले कसको कहिले मृत्यु हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्ने दाबी गरेकी छन् ।
अरीले बताए अनुसार उनी १२ वर्षको हुँदा यस्तो कुराको सेन्स थाहा भएको बताइन । उनले भनिन्, ‘म मेरो आफन्तलाई भेट्न गएकी थिए त्यतिबेला मलाई एक नौलो गन्ध आएको महसुस भएको थियो । उनको केही समयपछि मृत्यु भयो । त्यस्तै अरु मानिसबाट समेत यस्तै गन्ध आएको महसुस भयो जुन मानिसको पनि मृत्यु भएको भयो ।’
यस्तो सेन्स थाहा पाएपनि कसैको ज्यान बचाउन नसकेको बताइन । उनले भनिन्, ‘आफुसंग भएको क्षमता कसरी प्रयोग गरौँ भनेर सोच्न नसकेको बताएकी छन् ।’ ‘मलाई को मर्दैछ भनेर थाहा हुन्छ तर उसलाई यो कुरा बताउँदिन । मैले यो कुरा भने भने त्यसको परिणाम के हुन्छ अनि मानिसहरुले यसलाई कसरी लिन्छन् मलाई थाहा छैन । मलाई लाग्छ मैले नियतिसँग खेलवाड गर्नु हुँदैन ।’
अरीले यस्ता केही न केही क्षमता हरेक मानिसहरुमा हुने बताइन् । तर बालापनमा सामाजिक दबाब अथवा पालन पोषणको तरिकाका कारण यो क्षमता सधैँको लागि दबिन पुग्छ ।