एएचआईसी बिजनेस अवार्ड २०१८ बाट १२ वटा कन्सल्टेन्सी (शैक्षिक परामर्श व्यवसायी) सम्मानित भएका छन् । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ बाट नेपालमा रहेर शैक्षिक परामर्श सेवा पुर्याउदै आएका १२ वटा कन्सलटेन्सी सम्मानित भएका हुन् । २७ मे मा थाईलेन्डको बैंककमा आयोजित कार्यक्रममा थाईलेन्डका लागि नेपाली राजदूत डाक्टर खगनाथ अधिकारीले १२ वटै व्यवसायीलाई सम्मानित गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत अधिकारीले गुणस्तरिय शिक्षा प्रभावकारी ढंगबाट दिनु र दिने प्रतिवद्धतामा अडिक रहन ब्यवसायीलाई आग्रह गरे । हार्वर इन्टरनेशनल कलेजका प्रवन्धक निर्देशक सुमन भेटवालले यो अवार्ड कार्यक्रम सबै समृद्ध उन्मुख हुन पर्छ भन्ने अभियानका लागि आयोजना गरिएको प्रस्ट पारे । उनले नेपालमा विद्यार्थीलाई परामर्श दिने संस्थाहरुको साथ र सहयोगले एएचआईसी यसरी कार्यक्रम गर्न प्रेरित र उत्साहित भएको बताए । कार्यक्रममा शैक्षिक परामर्श संघका अध्यक्ष विण्णुहरि पाण्डे गैरआवासिय नेपाली संघ थाईलेन्डका तर्फबाट भनिन्द्र बस्नेत नेपाली ब्यवासी सुनिल खड्का लगायत वक्ताले पुरस्कृत सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । अवार्ड कार्यक्रममा काठमाडौंबाट ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रम बैंकक स्थित सेराटन होटलमा संचालन गरिएको थियो ।
कसले कुन अवार्ड हात पार्यो
१: प्रोमोसिङ एजेन्ट तर्फ इन्फर म्याटिक्स कन्सल्टेन्सी
२: वेष्ट कन्भर्जन तर्फ एआइपी
३: वेष्ट सपोटिङ तर्फ ग्लोवल च्वाईस एजुकेशन कन्सल्टेन्सी
४: बिजनेस एक्सिलेन्स तर्फ ट्रिनिटी एजुकेशन फाउण्डेशन
५: ईमर्जीङ तर्फ रिभोलुसन एजुकेशन
६: कर्पोरेट इन्पोटेन पर्शन तर्फ भिषा काउन्सिल
७: वेस्ट पर्फमेन्स तर्फ ब्रिलियन्ट एजुकेशन एण्ड करियर सर्भिस
८: कर्पोरेट ईन्पोटेन एजेन्ट तर्फ काठमाडौं ईन्फोसिस एजुकेशन कन्सलटेन्स
९: टप पफमेन्स तर्फ निष्ट
१०: टप ईमर्जङ तर्फ पाथसिड
११: टप रिक्वाडमेन्ट तर्फ एजुकेशन एण्ड मायुग्रेसन कर्नर
१२: मार्केटिङ एक्सिलेन्स तर्फ अर्विट ईन्टरनेशन एजुकेशन कन्सलटेन्सी