विश्वकै लागि रहस्यमयी नेपालको दरवार हत्याकाण्डका केही जवरजस्त आशंका,सन्दर्भ, तर्कना र रोचक प्रसंगवारे संक्षिप्त टिप्पणी
पत्याउनै नसकिने दिपेन्द्र माथिको आरोप :
विहे गर्न नदिएको झोंकमा आमा,वावु र वहिनीलाई ड्याँङ ड्याँङ गोलीनै ठोके रे !
अनि लास्टाँ आफैलाई गोली हाने रे, त्यो पनि देव्रे कन्चटमा !
फेरि १० जना मारिदा सम्भावित राजा ज्ञानेन्द्रका आमा छोरालाई चै केही पनि नहुने रे ?
स्वचालित हतियार आकस्मिक पड्किदा मान्छे चै छानी छानी हान्दो रहेछ है ?
घटनाको दिन ज्ञानेन्द्र चै उपत्यका वाहिर है !
हत्या पछि शवको पोष्टमार्टम पनि नगरिने यस्तो पनि हुन्छ है ?
के का लागि हत्याकाण्डस्थलको रगत २ घण्टामै सफा गरेर चिटिक्क पार्नु परेको होला ?
फेरि दाहसंस्कार कर्फ्युमै गर्नु पर्ने कस्तो अवस्था आईलाग्या भन्या ?
शव र्यालीमा प्रधानमन्त्रीको वुलेटप्रुफ गाडी क्षतविक्षत वनाएर फुटाउनेहरु को थिए ?
यति संवेदनशील छानविन प्रतिवेदनमा वन्दुक देखाउदै भटट र रटट भन्न सभामुख तारानाथ रानाभाटलाई कत्ति पनि निसंकोच लागेकै हो त ?
कोमामा राखेर राज्य सहायक चलाउनेको पछि चुलिएको राजकाजको महत्वाकांक्षा सामान्यनै हो त ?
राष्ट्र प्रमुखको वंशै हत्याको प्रधानमन्त्रीलेनै राम्ररी हेर्न नपाउने अनि घटनावारे आशंकै गर्नु पर्ने कस्तो अवस्था आईलाग्यो भन्या ?
अनि राष्ट्र प्रमुखकै हत्त्या हुदा पनि गिरीजावावुलाई संसद वैठक वोलाउन कसले छेक्यो ?
ज्ञानेन्द्रको सत्तामोह र दरवारहत्याकाण्डको कनेक्सन छ कि छैन ?
के राजा वीरेन्द्रको वंशनास हुने गरी हत्याकाण्ड नभएको भए गणतन्त्र यति सजिलो आउने थियो त ?
ज्ञान्नेन्द्र माथि एकोहोरो आरोप किन उनैले पटक पटक दरवार हत्याकाण्डमा मेरो संलग्नता छैन भनेर मिडिया फेस गर्नु पर्यो ?
के गिरीजावावुले यसैलाई ‘ग्राण्डडिजाईन’ भनेका त होईनन ?
गिरीजावावुले कहिल्यै नखोलेको ‘ग्राण्ड डिजाईन’ अन्तत : उनको देहावशानसंगै अझ रहस्यमयी गर्भमा थन्कियो ।
शाह वंशका प्रथम राजा कुलमण्डल अन्तिम राजा ज्ञानेन्द्र । क-ज्ञ रोमान्चक संजोग मात्रै ?
एउटा अनुत्तरित प्रश्न र आशंकामा सम्झिईरहने दरवार हत्याकाण्ड !
प्रकाशचन्द्र परियार