eNepal

गाई–भैंसीको दुधभन्दा स्वादिलो र पोषिलो साङ्लोको दुध अब बजारमा

बजारमा अब साङ्लोको दुध पनि भित्रिएको छ । यसलाई अनुसन्धानकर्ताले ‘सुपरफुड’ को सूचीमा समावेश गरेका छन् । साङ्लाले आफ्नो भ्रुणलाई ख्वाउनका लागि जुन ‘मिल्क क्रिस्टल’ उत्पादन गर्छन् त्यसमा अत्यधिक पौष्टिक तत्व पाइने अनुसन्धानकर्ताको दाबी छ ।

डेरी प्रोडक्टको एलर्जी हुनेहरुका लागि यो राम्रो विकल्प हुनसक्ने इन्डिपेन्ड डट को डट युकेले बताएको छ ।

इन्स्टिच्युट फर स्टिम सेल बायोलोजी र रिजेनेरेटिभ मेडिसिन, भारत, का अनुसार साङ्लाले आफ्नो भ्रुणलाई पोषण दिनका लागि उत्पादन गर्ने ‘दुध’ मानिसहरुले पनि पिउन सक्नेछन् ।

जर्नल अफ द इन्टरनेशनल युनियन क्रिस्ट्यालोग्राफीका अनुसार डिप्लोप्टेरा पंकटाटा भनिने प्यासिफिक बिटल कक्रोचको दुधमा पौष्टिक तत्वको खानी भएको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

‘क्रिस्टलको रुपमा उत्पादन गरिने साङ्लाको दुध एक पूर्ण आहारजस्तै हो । यसमा प्रोटिन, फ्याट र सुगर पाइन्छन्,’ एक अनुसन्धानकर्ता स्यानचारी ब्यानर्जीले टाइम्स अफ इन्डियालाई जानकारी दिइन् ।

‘यदि तपाईं प्रोटिनको राम्रो स्रोत खोजिरहनु भएको छ भने यसमा शरिरलाई आवश्यक सबै एमिनो एसिड पाइन्छन् ।’

यद्यपी, साङ्लोको दुध बनाउन सजिलो भने छैन । दुध निकाल्ने क्रममा साङ्लोको मृत्यु हुने भएकाले, एक गिलास दुध बनाउनका लागि थुप्रै साङ्लोको आवश्यकता पर्ने बताइएको छ ।

कुनै कम्पनीले यो ट्रेन्डलाई पहिले नै अपनाइसकेका छन् । साउथ अफ्रिकाको कम्पनी गौरमेट ग्रबले पहिले नै ‘एन्टोमिल्क’ ले आइक्रिम बनाएर बेचिसकेको छ । यो पालिएका किरा फट्याङ्गाको दुधबाट बनाइन्छ ।

‘दिगो, पौष्टिक तत्वले भरपुर, ल्याक्टोस नभएको दुध चाहनुहुन्छ भने इन्टोमिल्कलाई सम्झनुहोस्,’ कम्पनीको वेबसाइटमा भनिएको छ ।

गौरमेट ग्रबका अनुसार इन्टोमिल्कमा उच्च प्रोटिन तत्व छ र यो आइरन, जिंक र क्याल्सियमले भरिपूर्ण छ ।

गाई र भैंसीको दुधभन्दा फाइदाजनकः

अनुसन्धानका अनुसार साङ्लोको दुधमा वास्तविक क्रिस्टल पाइन्छ । यसमा गाई र भैंसीको दुधभन्दा बढी प्रोटिन पाइन्छ । यसमा एमिनो एसिड पाइन्छ । इन्टरनेशनल युनियन अफ क्रिस्ट्यालोग्रफीका अनुसार साङ्लोको दुधमा गाई भैंसीको दुधभन्दा तीन गुणा बढी इनर्जी हुन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349