eNepal

भाडा माँझेरै डिग्री सके,ऋण तिरे अनि आमाको मुहारमा हाँसो थपे

देशमा बस्ने मान्छेको बुद्दीमा बिर्को लागे पछि कसरी देश बिकाश हुन्छ। कामलाई नाप र तौल,ठुलो र सानो,तल्लो र उपल्लो, छ्या र आहा भनेर तौलीने सन्सारकै नमुना हाम्रै देश नेपालका रहेछौ। धिक्कार छ तिमीहरुलाई।कस्तो बिडम्बना देशको आर्थीक स्तर यत्तिको राख्नमा मुख्य भुमीका खेलेको रेमीट्यान्स पठाउने म जस्ता लाखौ परदेशीको तर्फबाट सामुहीक रुपमा मझ्यौलो औलाको अभिबादन।

दुख गर्न कोहीलाई रहर लाग्दैन। परिस्थीती र बाध्यताहरु बिच जिन्दगीमा अनगिन्ती हण्डर र ठक्कर खाएपछि बाध्यताबश युवा बिदेश पलायन हुन्छ। कोही साच्चिकै उच्च शिक्षा हाँसील गर्न जान्छ त कोही देशको परिस्थिती,घरको आर्थीक स्थीतीले बाध्यता भएर बिदेश जान्छन्। पढ्ने बहानामा दिन रात नभनी काम गरेर रहेको पैसा पठाएर आमा बाको मुखमा माड लागेको हुन्छ। बिदेश आएर टाङ् फट्याएर सुतेर कलेज जाने ईच्छा सबैको हुन्छ तर हामी नेपाली जो बिदेश जान्छौ उसको आफ्नो आर्थीक स्तरले कसैलाई पनि त्यो ऐसआराममा बसेर पढ्न दिदैन। सिधै भन्नु पर्दा धेरै बिधार्थी उच्च शिक्षाको लागि आउनेहरु भनेको निम्न बर्गीय पारिबारीक पृष्ठभुमीकै हुन्छन्।

कति सजिलै हाँस्छौ अनि ट्रोल बनाउँछौ है,किन गएको भाँडा माज्न भनेर। अस्ट्रेलीया जाने भए भिमबार लिएर जाउ भनेर। अरे मैले त्यहि भाँडा माजेर आज कलेजको फि तिरेको छु,कोठाको भाडा तिरेको छु अनि अलिकती जोहो गरेर घर पठाएको छु। तिमीहरु जस्तो बजारमा बरालिएर बिदेश गएका साथीहरुलाई त्यस्ता ट्रोल बनाएर मेन्सन त गरेको छुईन।

एउटा राम्रो सेफ बन्नलाई भाडानै माँझेर शुरुवात गर्नु पर्छ। त्यो तिमीहरुको दिमागले के भ्याउला र सोच्नलाई। आज हस्पिटालिटी व्यबसायलाई कति सम्मानका साथ बिश्वले हेरेको बेला तिमीहरु भाँडा माज्छस् भनेर मेरो धज्जी उडाउँछौ। धिक्कार छ तिमीहरुलाई।

म जुन देशमा भाँडा माज्छु नि त्यहाँ बैकको मेनेजर भन्दा बाथरुम ट्वाईलेट बनाउने यानिकी प्लम्बरले धेरै पैसा कमाउँछ, घरमा ईट्टाको गारो लगाउनेले धेरै पैसा कमाउँछ अनि लुगा सिउने सिम्स्ट्रेसले धेरै पैसा कमाउँछन।सम्मान सबैलाई बरोबरी छ। कसैले पनि सानो र ठुलो,फलानो काम र ढिस्कानो काम भनेर होच्याईदैन। यहाँ कामलाई सम्मान गर्छन्। मैले देखेका धेरै दाईहरु आज ठुला ठुला फाईन डाईनिङ् रेस्टुरेन्ट देखी पाँच तारे होटेलका एक्जुकेटीभ सेफ भएका छन्। हिजो भाँडा धुने दाईहरु आज क्याफेका मालिक भएका छन्।

बरु यस्ता नचाहिदा कुरा गरेर बा आमालाई तनाब दिदै बजारमा बरालिनु भन्दा बरु काम गर। शिप सिक। अार्थीक सहयोग गर बा आमालाई। परिबर्तन गर्ने भनेर मुखले बोलेर मात्र हुँदैन। आफैले गर्ने हो परिबर्तन। कसैले पनि लौ बाबु आउ यो कुर्सीमा बस अनि सहि गर भनेर पैसो दिदैन। पैसो कमाउन दुखनै गर्न पर्छ। तिमीहरु कामलाई तौलन्छौ अनि कहाँबाट बिकाश हुन्छ। बरु आफ्ना साथीलाई उडाएर भिमबार कति लगिस् भनेर जिस्काएर दिन कटाउँछौ तर काम गर्न अघि सर्दैनौ तर म आज जहाँ छु त्यो सबै मेरो मेहीनेत,परिश्रम र लगनशिलताको उपज हो।काम जहाँ गए पनि सानो र ठुलो हुँदैन। सानो र ठुलो,छि छी र दुर् दुर् गर्ने त हामी भित्र रहेको अबिकर्सीत सोच हो जसले गर्दा हामीलाई अघि बढ्न कदापी दिदैन।

भाँडा माँझेर के भो आखिरी डिग्री त्यहिबाट कमाएको पैसाले सके। ऋणले चुर्लुम्म डुबेको घर त्यहि भाँडा माँझेर चुक्ता गमे। आमा बाको मुखमा हाँसो र शिर उच्च त्यसैको उपज हो। आज त्यहि भाडा माजेको रेस्टुरेन्टको साहु भए त्यसैको प्रतीफल हो। त्यसैले कामलाई सम्मान गर्न सिक उसको बाहिरी आबरणलाई होईन। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349