वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटालाई यस वर्षको डा. बलराम जोशी ज्ञान बिज्ञान राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।
बलराम जोशी ज्ञान बिज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानकी संरक्षक चन्द्र कुमारी जोशी तथा प्रतिष्ठानकी संस्थापिका अध्यक्ष अंगुर बाबा जोशीले बाँसबारीस्थित न्युरो अस्पताल पुगेर देवकोटालाई ५०,१०१ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिन्।
‘स्वास्थ्य तथा विज्ञान मन्त्री समेत रहेका डा. देवकोटाले चिकित्सा सेवामा ठूलो योगदान पुर्याउनु भएको त छ नै , तर वहाँले नेपालको पहिलो दक्षता तथा सेवा युक्त न्युरो अस्पताल स्थापना गर्नु भएर लाखौँ बिरामीमाझ सेवा मात्र पुर्याउनु भएन, धेरै नयाँ दक्ष न्युरो चिकित्सकहरू पनि उत्पादन गर्नु भएको छ.’, प्रतिष्ठानद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटा हाल उपचार गराई रहेका छन्।