स्टार फुटबलर लियोनेल मेसीको बालापन एक गम्भीर रोगसँग संघर्ष गर्दै बित्यो । उनलाई हार्मोन ग्रोथको बिमारी थियो । त्यस्तो अवस्थामा बार्सिलोना क्लबले उनको हात थाम्यो । क्लबसँग जोडिएपछि मेसीले आफ्नो रोगलाई मात्र हराएनन्, आफ्नो खेलसँग जोडिएर संसारलाई चकित पारिदिए ।
मेसीको जन्म २४ जून, १९८७ मा अर्जेन्टिनाको रोसारियो शहरमा भएको थियो । उनी ४ भाइ—बहिनीमा तेस्रो नम्बरका थिए । उनको पिता एक स्टीव फैक्ट्रीमा मेनेजर थिए । ४ वर्षको उमेरदेखि नै मेसीले फुटबल खेल्न सुरु गरेका थिए । उनको लगनशिलता देखेर मातापिताले मेसीलाई फुटबलरको रुपमा नै हेर्न चाहेका थिए । तर, उनीहरुको सपनामा त्यो बेला ग्रहण लाग्यो जब मेसी ११ वर्षको उमेरमा हार्मोन ग्रोथको शिकार भए । यो रोगले गर्दा शरिरको विकास समयमा हुन सक्दैन ।
रोग लागेपछि उपचारको लागि उनका मातापितासँग पैसा थिएन । मेसीको तत्कालिन सँलग्न क्लबलेपनि कुनै सहयोग गरेन । यसले मेसीको फुटबलर यात्रा रोकिने चिन्तामा थिए मातापिता । यसबीच स्पेनमा रहने नातेदारले उनलाई बार्सिलोना क्लवमा जोडिन सल्लाह दिए । त्यसपछि उनको मातापिताले बार्सिलोनासँग सम्पर्क गरे ।
बार्सिलोनासँग जोडिनको लागि ट्रायल हुन्छ । मेसीको सन् १९९९ मा ट्रायल भयो र उनलाई मनपराइयो । तर, त्यति कम उमेरमा विदेशी बच्चालाई क्लबको सदस्य बनाउन बहुत हिचकिचाहट भएको थियो । तर, मेसीसँग सम्झौता हस्ताक्षर गर्नको लागि टीमको निर्देशक कर्टली उत्सुक देखिन्थे । सम्झौता गर्दाको बखत कुनै कागज थिएन । जसका कारण उनले नेपकिन पेपरमा अनुबन्ध साइन गरेका थिए । त्यसपछि मेसीको रोगको पूरा खर्च क्लबले बेहोरेको थियो ।
जस्तै परिस्थितिमा पनि मेसीले बार्सिलोनाका साथ छाडेनन् । बिमारी निको भएपछि संसारलाई सोहि क्लबबाट छक्क पारिदिए । संसारभरका एक से एक क्लबले उनलाई राम्रा अफर गरेपनि उनले बार्सिलोनाको साथ छाडेनन् । उनी अहिलेपनि यहि क्लबसँग आवद्ध छन् ।
अगष्ट २००५ मा मेसीले अर्जेन्टिनाको लागि पहिलो अन्तर्राष्ट्रिय म्याच खेले । उनको नाम धेरै विद्यासँग जोडियो, रेकर्ड बनाए तर उनलाई आजसम्म वर्ल्ड कप नजित्ने किस्सा उनमा लागेको छ । फिफा वर्ल्ड कप २०१४ मा मेसीको कप्तानीमा अर्जेन्टिना फाइनलमा जर्मनीसँग हार्यो । उनलाई प्लेयर अफ द टुर्नामेन्ट अवार्ड मिल्यो तर आँखा चिम्लेर ग्रहण गरे । उनले ३८३ क्लब गोल र ६१ गोल आफ्नो देश अर्जेन्टिनाको लागि गरेका छन् । उनले ३२ ट्रफी आफ्नो क्लब बार्सिलोनाको लागि जितेका छन् । मेसीको ५ पटक “बेलान डिआर” अवार्ड जितेर रेकर्ड बनाएका छन् ।
यसपटक रूसमा हुन लागेकाे २१ अाैँ संस्करण अाफ्नाे हातमा पार्न अहिले मेसी लागिपरेका छन् ।
एजेन्सीको सहयोगमा तयार पारिएको ।