eNepal

जनआन्दोलनको मर्मविपरीत तीनवटै प्रज्ञा प्रतिष्ठान गाभिए

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ मा जनआन्दोलन २०६२/०६३ बाट प्राप्त नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गाँभ्ने बताएका छन् ।  उनले समान प्रकृतिका संग्रहालयहरुलाई एकीकृत गरी राष्ट्रिय संग्रहालयमा रुपान्तरण गर्ने बजेट भाषणमा उल्लेख गरेका छन् । 

भाषणमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र अन्य सांस्कृतिक प्रतिष्ठानहरुलाई एक आपसमा गाँभी एउटै प्रभावकारी संस्था बनाइने उल्लेख गरिएको छ । यसैबीच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले फेसबुकमा विगत २०२२ सालदेखि वरिष्ठ कलाकारहरुबाट भएको आन्दोलन र संघर्षबाट प्रज्ञा प्रतिष्ठानको स्थापना भएको उल्लेख गरेकी छन् ।  उनले लेखेकी छन्, ‘कलाकारहरूले प्राप्त गरेको प्रतिष्ठानलाई पुन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु र सम्बन्धित विज्ञहरुसँग कुनै छलफल र सरसल्लाह विना प्रतिष्ठानहरुलाई गाँभ्ने सरकारको निर्णयको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान घोर भत्सर्ना गर्दछ ।

साथै, बजेट भाषणबाट गरिएको यस पश्चगामी निर्णयको बारेमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको छ ।’  त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले फेसबुकमा सरकारको निणर्यप्रति विरोध जनाउँदै प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सम्बन्धित क्षेत्रका विज्ञहरूसित कुनै सरसल्लाह नगरी तीन प्रज्ञा प्रतिष्ठानलाई एक बनाउने सरकारी घोषणा ‘अग्रगामी कि पश्चगामी’ !!! विचार होस्, भनेर लेखेका छन् ।  उनले लेखेका छन्, ‘स्मरण रहोस् , जन आन्दोलन–२ को भावना वमोजिम तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट तीन प्रज्ञा प्रतिष्ठान जन्मेका थिए ।’ सरकारले प्रतिष्ठानहरु गाँभ्नेबारे आफूहरुसँग सल्लाह नगरेको प्रतिक्रिया नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दिएका छन् ।  कलाकार एनबी गुरुङले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको बेथितिका कारण प्रतिष्ठान गाँभ्ने कुरा आएको तर यसलाई कलाकारले नमान्ने बताएका छन् । 

राजा महेन्द्रले नेपालमा २०१४ सालमा प्रज्ञा प्रतिष्ठान गठन गरेका थिए । यो प्रतिष्ठान भएपश्चात् लामो समयसम्म ललितकला र संगीत तथा नाट्य विधा जहिले पनि साहित्यकारको प्रभुत्वमा दबिएर बस्न बाध्य भएका थिए ।  संगीत, नाटक तथा ललितकलालाई संस्थागत विकासमा तत्कालीन प्रतिष्ठानका पदाधिकारीले चासो नदिएपछि कलाकारले लामो समयदेखि संघर्ष गर्दै आएका थिए ।  २०२२ सालमा तत्कालीन युवराज वीरेन्द्र शाहको अध्यक्षमा ललितकला सम्बन्धी स्वायत्त संस्थाका रुपमा नेपाल ललितकला संस्था (नाफा) को स्थापना भएको थियो । जुन संस्था३४ साल जेठ २४ गते तत्कालीन रोयल नेपाल एकेडेमीमा गाँभिएको थियो । यसको विरोधमा कलाकारले लामो समयसम्म आन्दोलन गरे र तीन वटा छुट्टाछुट्टै प्रतिष्ठान बन्ने बाटो खुलेको थियो । 

स्रष्टाहरुको निरन्तरको आन्दोलन तथा २०६२/०६३ को जनआन्दोलन र त्यसको म्यान्डेड अनुसार तीन वटा प्रतिष्ठान स्थापना भएका थिए । सरकारले २०६४ साल भदौ ३१ गते तीन वटा प्रतिष्ठान गठनसम्बन्धी ऐन पारित गरेर प्रतिष्ठान गठनको बाटो खोलेको थियो । यही ऐनका आधारमा तीन वटा प्रतिष्ठान गठन भई कार्यसम्पादन हुँदै आएका थिए । प्रतिष्ठानले संघीयता, राज्यको आवश्यकता र स्रष्टाको मर्मअनुरुप काम गर्न नसकेको यथार्थ भए पनि उनीहरुको कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रतिष्ठानलाई गाभ्ँने काम कदापि अग्रमगामी हुन सक्दैन ।

यो सरासर पञ्चायतभन्दा पनि पछाडि फर्कने कार्य हो । प्रतिष्ठानमा नियुक्ति गरिएका व्यक्तिका विषयलाई लिएर सरकारले यो निर्णय गरेको हो भने त्यसको भागिदार पनि सरकार नै हो । प्रतिष्ठानमा जग्गा दलाल, क्षेत्रगत र विषयगत ज्ञान नभएका अप्राज्ञिक व्यक्तिलाई छान्ने काम पनि सरकार र पार्टीले नै गरेका हुन् । 

उनीहरुले आफ्ना आफन्त, आसेपासेलाई नियुक्ति दिने अनि त्यसको भागिदार सांस्कृतिक क्षेत्रलाई बनाउने कुकृत्य सरकारले बजेट भाषणमार्फत गरेको छ । असक्षम र भ्रष्ट मानसिकता भएका व्यक्तिलाई लैजाने राजनीतिक दल र सरकारले उनीहरुले गरेका भ्रष्ट कामको जिम्मा समेत लिनुपर्दछ ।  प्रतिष्ठान गाँभ्ने विषय संघीयताको मर्मविपरीत रहेको छ । पहुँचमा नपुगेकालाई पहुँचमा पुर्याउने, अवसर नपाएकालाई अवसर दिने, आफ्नो पहिचानलाई स्थापित गर्न नागरिकलाई अगाडि बढ्ने वातावरण संघीयतामा हुने भएकाले सरकारको यो निर्णय कदापि उचित छैन र यसलाई सच्याउनुपर्नेमा स्रष्टाहरुको जोड रहेको छ ।   

साभार

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349