eNepal

मलेसियामा गर्भपतन गराउने नेपाली चेलीलाई १० वर्ष जेल सजाय

रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेली निर्मला थापालाई १० बर्षको जेल सजाय सुनाएको छ । उनले गर्भपतन गराएको कारण स्थानीय अदालतका न्यायाधिश मुसिरी पीटले यस्ताे सजाय सुनाएका हुन् ।

तामान सिकुस्थित एक पोलक्लिनिकमा असावधानीवश रहेको गर्भको बच्चा मारेको अभियोगमा २० दिन अघि उनी पक्राउ परेकी थिइन् ।

२४ बर्षीया थापालाई अक्टोबर ९ तारिखका दिन गर्भपतन गराएको अवस्थामा रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउपछि मुद्दा दायर गरिएकोमा सोमबार यसको फैसला भएको थियो । तर, मलेसियन भाषामा लेखिएको सजाय आफूले ढिलो गरी बुझेको थापाले बताएकी छिन् । उनलाई अदालतले १२ नोभेम्बरमा दोभासेसहित निर्णय पुनर्विचारका लागि मौका दिएका मलेसियाका संचारमाध्यमहरुले जनाएका छन् । मलेसियामा भर्खर जन्मिएको बच्चा वा जन्माउनुअघिको बच्चा मारेमा १० बर्षसम्म कैद सजायको कानुनी प्रावधान छ ।

थापा मलेसियाको पेनाङस्थित एक फ्याक्ट्रीमा कार्यरत छिन् । तर, उनको गर्भ कस्को हो भन्ने नखुलेको प्रहरीले बताएको छ । मलेसियामा अवैध सम्बन्धका कारण हजारौं आप्रवासी महिलाहरुले यस्ता झमेला झेल्दै आएका छन् ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal