विदेशबाट फर्कदा १ सय ग्रामसम्म सुन ल्याउन पाइने भएको छ। यसअघि ५० ग्राम सम्म ल्याउन पाइन्थ्यो।
बैदेशिक रोजगारमा जाने कामदारलाई प्रयोग गरी तस्करहरुले ५० ग्राम सुन तस्करी गराउँदै आएका थिए। एक तोलामै करिब १० हजार नाफा हुने भएकाले यो प्रावधानअनुसार ठूलो मात्रामा सुन तस्करी भइरहेको छ।
त्यसलाई अझै सय ग्राम अर्थात् करिब ८ तोला बनाएपछि बैध बाटोबाटै तस्करी बढ्ने खतरा हुने प्रहरी अधिकारीहरु बताउँछन्। व्यक्तिगत प्रयोजनका लागि भनिएपनि तस्करहरुले यो प्रावधानको दुरुपयोग गरी तस्करी गर्दै आएका छन्। विदेशबाट फर्कदा गहना बनाएर मात्र ल्याउन पाइन्छ।