eNepal

हाम्रो ईभेन्ट्सको पहीलो कार्यक्रम नाँचौ गाऔं रमाईलो साँझ सम्पन्न

image

हाम्रो ईभेन्ट्सले आयोजना गरेको नाँचौ गाऔं रमाईलो साँझको अस्ट्र्लीया टुरको अन्तिम कार्यक्रम हिजो मेल्बोर्नमा सम्पन्नमा भएको छ। लोक पारखी दर्शकहरुले भरिएको ईस्टोनीया हाउसमा करिब ५ घण्टा दर्शकहरुले भर्पुर मनोरन्जन गरेको देखिएको थियो।निर्धारीत समय भन्दा केही ढिला शुरु भएको कार्यक्रममा दर्शकहरुले कुनै थकानको महसुस नगरिकन कार्यक्रम अवधी भर मस्तसँग रमाईलो गरेका थिए।अक्सर लोक सङ्गीतका कार्यक्रमहरुमा दर्शकको उपस्थीति बाक्लोनै हुने गर्छ।त्यो क्रम हिजो पनि देखीएको थियो।

image
कार्यक्रमको शुरुवात स्थानीय द म्याजिकल क्रियुको डान्सबाट शुरु भएको थियो त्यसपछि सन्तोस लामाको रास्ट्रिय भावनाले ओतप्रोत भएको गीतले एकछिन सबै द्शकलाई देसको सम्झनामा भावुक बनाएको थियो। लगत्यै आफ्ना हिट गीतहरु पस्किदै आज अर्कैकि बेहुली सम्म पुग्दा माहोल ताती सकेको थियो। बिच बिचमा कमेडीयन राजेन्द्र पोखरेलको घोच पेच अनि व्यङ्ग्यले त्यो माहोललाई हँसाउन सफल भएको थियो। जब फिलीलि गायक काली प्रसाद बाँस्कोटा मन्चमा आए शान्त हल एक्कासी तातीयो।सिटमा बसेको एकाएक अगाडी अाएर नाँच्न थाले। पारी त्यो डाँडा हेर गाउँदा सम्म बस्ने भन्दा बढि नाँच्नेहरु थिए।

imageबरिस्ठ लोक गाएक मीलन लामाले नेपाल फर्किनु पर्छ है भन्दै जाम्क्यारे यस्पाली नेपाल गाउँदा प्राय दर्शकले उनलाई समर्थन गरेका थिए।आफ्ना लोक प्रिय गीतहरु लालुपाते फुल छैन रुख मात्रै, माझी दाई पोखरा फेवातालको गीतहरुमा दर्शकहरुले भर्पुर मनोरन्जन दिदै गायकलाई साथ दिएका थिए। जब ज्योती मगरको आगमन भयो हलको माहोल एकाएक परिवर्तन, मस्तसँग बिशेष गरेर युवा बर्गलाई मनोरन्जन दिईन्। आफ्नो ड्रेसअपको कारण बढि चर्चामा आउने ज्योती मगरले आफ्नो दुईटा रुप हिजो देखाईन। हामीले सँधै देखेकी ज्योती भन्दा पृथक नेपाली गुन्य चोलीमा देखिदा ज्योतीलाई पक्कै पनि सबै दर्शकहरुले मन पराईदिनु भएको थियो।उद्घोषकको रुपमा बिच बिचमा राजेन्द्र पोखरेलले दर्शकलाई काउकुती लगाउन कुनै पनि कन्जुसाई गर्नु भएन।स्थानिय कलाकारहरुले पनि दोहोरीमा गायीका ज्योती मगरलाई साथ दिएका थिए।

imageimageimage
समग्रमा हाम्रो ईभेन्ट्सको पहिलो कार्यक्रम सफल भएको छ। केही कमि कम्जोरीको बाबजुद दर्शकको मायाँ, सहयोग र समर्थनले नाँचौ गाऔं रमाईलो साँझको अस्ट्रेलीयो टुर सकिएको छ। आयोजक हाम्रो ईभेन्ट्सलाई ईनेपालको तर्फबाट बधाई अनि आउँदा दिनहरुको सफलताको शुभकामना।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349