eNepal

मूल्य केमा बढ्यो, केमा घट्यो ?

बजेटको आकारमा जस्तोसुकै परिस्थितिमा पनि कम्तीमा २०% वृद्धि हुँदै आएको छ । तर, यसपालि जम्मा ३% आकार वृद्धि गरेका अर्थमन्त्रीले आफू नै उत्साही नभएको सन्देश दिएका छन् ।

बढ्यो

-एक हजार सिसीभन्दा बढी क्षमताको गाडीमा ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब ६५ देखि शतप्रतिशतसम्म । यसरी गाडी कम्तीमा एक लाख महँगो हुने ।

-१५० सिसीभन्दा माथिका मोटरसाइकल कम्तीमा २५ हजार महँगो हुने ।

-प्रतिखिल्ली सुर्तीजन्य पदार्थमा २५ पैसा र प्रतिकेजी सुर्तीजन्य पदार्थमा २५ रुपैयाँ स्वास्थ्य जोखिम कर लागू हुने । मदिरा र सुर्तीजन्य पदार्थमा अन्तःशुल्क पनि वृद्धि ।

-इनर्जी डिं«क्समा प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क वृद्धि

-चकलेटमा पाँच प्रतिशत कर वृद्धि

-दूरसञ्चारमा ११ प्रतिशत सेवाशुल्क लाग्दै आएकोमा अब १३ प्रतिशत ।

-क्यासिनो सञ्चालन गरेबापत वार्षिक तीन करोड रोयल्टी तिर्नुपर्नेमा अब चार करोड रुपैयाँ र आधुनिक मेसिन थप गर्दा ७५ लाख तिर्नुपर्नेमा अब १ करोड रोयल्टी

-रेफ्रिजेरेटरमा पाँच प्रतिशत अन्तःशुल्क

घट्यो

-स्वास्थ्य सेवा : ५ प्रतिशत स्वास्थ्य सेवा शुल्क हट्यो, भ्याट नलाग्ने ।

-शिक्षा सेवा : एक प्रतिशत शिक्षा सेवा शुल्क हट्यो । विदेश पढ्न जानेलाई भने दुई प्रतिशत लाग्ने ।

बजेटको उपहार कसलाई के ?

महिलाः महिलाबाट सञ्चालन हुने परियोजनामा आधारित १५ लाखसम्मको सामूहिक ऋणमा ६ प्रतिशत ब्याज अनुदान ।

युवाः शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण । विदेशबाट फर्केका युवाहरूलाई १० लाखसम्मको ऋण ।

उद्योगीः कबोल गरेको अवधिभित्र उत्पादन सुरु गर्ने उद्योगलाई करमा सहुलियत । औद्योगिक उत्पादनको निर्यातमा ५% सम्म निर्यात अनुदान ।

गर्भवती र सुत्केरीः दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको आपतकालीन उद्धार गर्न एयर एम्बुलेन्सको व्यवस्था ।

ज्येष्ठ नागरिकः प्रत्येक प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम । ७० वर्षभन्दा माथिका नागरिकको १ लाखसम्मको स्वास्थ्य बिमा ।

बालबालिकाः सबै बालबालिकालाई विद्यालय भर्ना गराउन ‘विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ’ अभियान । मानव विकास सूचकांकमा पछि परेका सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई स्थानीय उत्पादनमा आधारित पौष्टिक दिवा खाजा ।

कर्मचारीः महँगीभत्ता प्रतिमहिना २ हजार । पोसाक सुविधा १० हजार । जीवन बिमाको बिमांक वृद्धि गरी २ लाख पु-याइयो । बिमा प्रिमियमको ५० प्रतिशत सरकारले बेहोर्नेछ ।

दलितः सामूहिक जमानीमा प्रतिसमूह १० लाखसम्मको ऋण ।

किसानः साना किसानले तत्कालीन साझा सहकारी संस्थाहरूबाट लिएको सम्पूर्ण ऋण मिनाहा ।

सांसदः सांसदलाई सडक, खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी पाँचवटासम्म आयोजना सञ्चालनका लागि ४ करोडका दरले रकम उपलब्ध गराइने ।

कैदीः कारागारमा रहेका कैदीलाई प्रदान गरिँदै आएको दैनिक जीवन निर्वाह खर्च ४५ रुपैयाँबाट बढाएर ६० पुर्याइएको छ । 

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349