एउटा काम कोठा लगाएत बिभीध जानकारी दिने फेशबुकमा कामको लागि पोस्ट आयो। किचनह्याण्डको लागि काम छ। पक्का र काम गर्न जानेकाले निम्न नम्बरमा सम्पर्क गर्नु होस् वा सम्पर्क हुन सकेन भने म्यासेज गर्नु होस्। एकै छिनमा सो पेजको त्यो पोस्टमा सबैले नम्बर मेन्सन् गर्छन्। लाग्छ कि काम दिनेले सम्पर्क खुद गर्दैछ। प्रस्ट लेखिएको हुन्छ कृपया सम्पर्क वा म्यासेज गर्नु होस् तर धमाधम नम्बर पोस्ट हुन्छ। कि काम चाहिनेलाई भन्दा काम दिनेलाई बढि महत्व छ कामको।
अर्को पोस्ट हुन्छ यो नम्बरमा ईमेल गर्नुहोस् आफ्नो रेजुमेको साथमा तर ईमेल गरिन्न सिधै नम्बर मेन्सन हुन्छ। यति सम्म मेन्सन हुन्छ कि पोस्ट राखेको तिन दिन सम्म पनि कसैले नम्बर मेन्सन गरि रहेको हुन्छ। जब कि काम नपाएर बसेका कैयौ व्यक्तिहरु कामको अवसरको प्रतिक्षामा बसेका हुन्छन्। सुचना पाईसक्दा ईमेल गर्ने कैयौ हुन्छन्। कोही भने फोन आउँदैन त भनेर बसेका हुन्छन् अनि भन्छन् खै कामनै पाईदैन।
अर्का हुन्छन् काम खोज्न भने पछि मरे जत्तिकै ठान्ने अनि फोन गरेर दाई लौ न काम लाईदिन पर्यो। आएको यत्ति भयो र उत्ति भयो। अनि काम खोज्न हिड्यौ कि छैन भन्दा। ह्या दाई काम खोज्न जान अल्छी लाग्छ। अनि अल्छीले काम कसरी गर्छन् र काम पाईन्छ।
एकथरी हुन्छन् दाईलाई भनेको छु दिदीलाई भनेको छु, फलानोलाई भनेको छु तर कसैले बाल दिएनन्। यो बझ्दैनन् कि दाई र दिदी अनि फलानोको कुनै आफ्नै कम्पनी छैन फुत्त लगेर घुसाउनलाई। उसले पनि कतै खाली भयो भने भन्दिने हो वा चिनेजानेकालाई लौ है मेरो फलानोलाई काम चाहिएको छ यसो कतै बुझ्यौ भने भन्देउ है। अव न काम भन्ने बित्तीकै पाईन्छ न उसको त्यति धेरै फुर्सद हुन्छ परदेशको यो ब्यस्त दैनिकीमा फलोअप गर्नलाई। उ भने फलानोलाई भनेको दिदीलाई भनेको दाईलाई भनेको बाल दिएनन् भन्दै गाली थोपर्दै चुपचाप बसेको हुन्छ।
एकथरी हुन्छन् अनलाईनमा गएर कामको लागि एप्लाई गर्न खोज्ने तर अपुरो काम। फर्म भर्न पर्ने हुन्छ तर नालि बिस्तार लाउन पर्ने हुन्छ फर्ममा। भर्दा भर्दै अल्छी लाग्छ। अनि बिचैमा छोड्यो। रिफ्रेन्सले अस्ट्रेलीयामा काम पाउन ठुलो भुमीका खेलेको हुन्छ। तर रिफ्रेन्सको बेवास्ता गर्दै त्यो मेन्सन गरिदैन। अनि कताबाट काम पाईनु।
एकथरी हुन्छन् रेजुमे कहाँबाट कस्को हो फेला पारेका हुन्छन्। जुन काममा पनि त्यहि रेजुमे पठायो। हल्का नाम र ठेगाना बदलो अनि सबै ठाउँमा उही रेजुमे हाल्यो। किचनह्याणड देखी क्लिनीङ सबै काममा त्यहि रेजुमे। यति सम्म कि रिफ्रेन्स पनि ईडिट गर्न भुल्छन् कसैले हालेको रिफरेन्सनै जस्ताको त्यस्तै कपीड हुन्छ। अनि भन्छन् खै एप्लाई त गरेको हो कतैबाट प्रतिक्रियानै आएन।
यस्तो अस्छी भएपछि कताबाट काम पाईन्छ। काम गर्न आए पछि अल्छी गर्न हुँदन। कामले कहिलै पनि खोज्दै आउँदैन आफैले नै हो खोज्ने। अरुको भर पर्ने बानी पनि हटाउन पर्छ किनकी सबै जना आ आफ्नै काममा ब्यस्त हुन्छन्। फलानोले गरिदिएन भन्नु भन्दा नि मैले काम खोज्ने काममा कति मेहिनेत गरे त्यो सम्झनु पर्छ। काम खोज्नेले पक्कै पनि काम पाउँछन्। अरुको भर परे दिन हप्ता महिना बित्छ, घरको भाडा तिर्ने बेला हुन्छ। मन आत्तिन्छ अनि फोकटको तनाब सृजना हुन्छ। खुई गरेर केही हुनेवाला छैन आफ्नै बिवेक र बुद्धी लगाएर हो काम पाईने। अरुले त केबल आश्वासन दिन्छन्। समयले साथ दिए काम मिलीहाल्छ नत्र त्यस्तै हो।