ए बा बार्ह पनि सकियो अब म पनि बिदेश जान्छु। पैसो नि कमाउन पर्यो।घर पनि हेर्नै पर्यो। बुढो हड्डी कति घोट्छ्यौ अब छोरो ठुलो भयो व्यबहार गर्न जान्ने भयो। बाले भन्छन् अब घरको स्थिती थाहा छँदैछ तँलाई। एकदुई लाखले हुन्छ भने बुझ न त।
छोरो कहाँ एकदुई लाखले हुने देश जान खोज्या हुन्छ र। छोरोले ताकेको अस्ट्रेलीया हुन्छ। बाको कुरा सुनेर झनक्क सन्किन्छ। कहाँ बा एक दुई लाखले हुन्छ। लगभग बिस लाख जति लाग्छ जस्तो छ। मैले सबै बुझिसके। फेरी म कहाँ काम मात्रै गर्न जान लाग्या हो र। पढ्दै काम गर्दै पैसा कमाई हाल्छु नि। सँगैका साथीहरु गएका राम्रो छ रे। पैसा कमाईदो रहेछ भन्दै थिए। एउटाले गाडी पनि किनेछ। हिजो भिडीयोमा पुरा गाडी कुदाको देखाउँदै थियो। केटा लौ हेर यो पो जिन्दगी हो त भन्दै खुब ठुलो गफ दिदै थियो। पैसो कमिने भएर त त्यसको ढाहस् बडेको होला।
बा भन्दै थिए। अब बिस लाख कहाँबाट ल्याउने। चोर्न जान भएन। जिन्दगीमा लाखको बिटो राम्ररी नहेरेको म साधारण जागिरेले कताबाट ल्याम् त नि। अब तेरी आमालाई जोडी दिएको सबै सुन लगेर राखे पनि दुईलाख आँदैन। अब तँ भन्छस् भने बोरु बुच्चो रहेर पनि सुन राख्दिन्छे होला आमाले तर त्यसले पनि पुग्दैन।
छोरो भन्दै थियो त्यसो भए जग्गा धितो राखौ न त गएर काम गरेर उकासि हाल्छु नि। किन पिर लिन पर्यो । एकातिर छोरोको बिदेश जाने सपना त अर्को तिर आफुले दुःख गरेर जोडेको सम्पती। छोरोले गर्ला नि त। आखिरी यो सम्पती यिनैको लागि त हो भन्दै बा बैंक जान तयार भए। यता छोराको मोबाईलमा घ्यार्र घ्यार्रको आबाज आई रहेको थियो। धेरै फोन बजे पछि पख है म निस्कन आँटेको घरबाट भन्दै फोन राख्यो। बा लागे बैंक तिर छोरो लाग्यो आफ्नो मैयाँलाई भेट्न।
बा मनमा ठुलो सपना बोकेर हिडे। छोरोले बिदेशबाट पठाई हाल्छ नि किन चिन्ता लिनु भन्दै आफुले आफैलाई साहानुभुती दिदै बाटो लागे। छोरो मैयाँलाई भेट्न हतार गर्दै ढोका बजार्दै लाग्यो।
बाले जग्गा धितो राखे र पैसा निकाले छोरोको सपना साकार बनाउन। पैसा थमाई दिए र भने लौ मारे पाप पाले पुन्य तै होस् हाम्रो साहारा। तरो भविस्य उज्जवल होस्। छोरो फुरुक्क पर्यो पैसा बोक्यो कन्सलट्यान्सी धाउन थाल्यो। केही हप्तामा भिषा लाग्यो। गहभरी आँशु पार्दै बा आमाले बिदा गरे।
छोरो अस्ट्रेलीया आयो। शुरुका केही दिन त फोन गर्यो लगातार। त्यसपछि क्रमैसँग कम गर्न थाल्यो। सधै कुरा गर्दा गार्हो छ काम राम्रो छैन मात्रै भन्थ्यो। खेतको ब्याज तिर्नलाई साथीभाईलाई गुहार्दै तिर्दै थिए बा। कति दिन पो थेग्ला र ऋण मागेको पैसोले। छोरा अस्ट्रेलीया छ भनेर सबैले ऋण पत्याउँदै थिए तर कति दिन पो पत्याउने साहुले। बिरक्तिएर बसेका थिए बा आमा। यसो खर्च भनेर दुईचार हजार मात्रै पठाई दिन्थ्यो।
एकाएक नेपाल आउने कुरो सुनायो। बिचरा बा आमालाई नि छोरोले राम्रो कुरो ल्याई दिवस् भन्ने आशा त हुँदो हो। तर बिचरालाई गार्हो होला भनेर रहरलाई दबाएर राम्रोसँग आउनु भने। छोरो आयो बर्ष दिन पछि। आमा बालाई चकलेट ल्याई दिएछ तर सधै पैसा छैन भनेर गुनासो गर्ने छोरोले प्रेमीकालाई भने आईफोन ल्याई दिएछ। बा आमा खङरङ्ग परेछन्। मुखामुख गर्दै भन्न थाले बाआमाको मन छोराछोरी माथी छोरा छोरीको मन तरुनी र तरुनो तिर।