निधारमा साइतको टीका लगाएर बिदेसिन निस्किदै गर्दा म सङ्घार नाघेर एकचोटी फर्की हेरे..
जीवन सङ्गिनी नि तेति दुखी थिइनन्,भनिन -जानुहोस कमाउनुस यहाँ बरालिएर हुँदैन,छोरा ठूलो हुदैछ भनेर छोरा तिर हेरीन्, छोराको अनुहार निन्याउरो थियो।
बुबाले नि जा बाबु यहाँ बरालिनु हुन्न भन्नू भयो।ऋणले म थेग्न नसक्ने भएँ। साहुले हरबखत कचकच गरेर हैरान पारी सक्यो। बरु केहु बर्ष परदेश पलाएन भईस् भने यसो शाहुको ऋण तिरेर आनन्दले यो प्राण त जाने थियो।
दुनियाँको छोरा प्रदेशीया छन, त एक्लो होइनस् भनेर,आमाले सप्कोले मुख ढाक्नु भयो।गएर दुई चार हजार ल्याईस् भने बाले फाटेको धोती फेर्न पाउँथे। अस्ताउन आँटेको बेला छोराको पौरखमा मुस्कान बाढ्न पाउँथे होला।
सङ्घारमै चुनाब आउँदै छ केटा, तेरो खुब जरुरत थियो, चुनाब सकेर गएको भए कतै मै पो बन्थेकी प्रमुख। गाउँपालिका प्रमुखमा उठेको काकाको गुनासो।सबैको आ आफ्नै स्वार्थ।
तर म सङ्गै घाँस दाउरा चारकोसे झाडितिर जाने,म सङ्ग फुटबल क्यारी गर्ने,मेरो जुठो थाल मा जुठो भात खाने मेरो कुकुरको भने आङ्खा भरी आँसु थियो। सफारीमा चढे।मरेनि छोडेन। बस स्टेसन सम्म कुइ कुइ गरेर पुच्छर हल्लाउदै हात दिदै रोइ रहयो।सामिप्या,साथित्व,आफ्नोपन,निस्वार्थ नाता त मेरो यहि कुकुर सङ्ग मात्र रहेछ।।।
स्वार्थ होकि माया बुझ्नै सकिन