eNepal

काठमाडौँ महानगरपालिकाले गरेको एउटा राम्रो काम – धरहरा बेच्नेको उठिबास

काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि रहेको महसूससमेत गराउन सकेको थिएन। मेयर विद्यासुन्दर शाक्यको त मान्छेले आलोचना गरेर थाकिसकेका थिए। केन्द्र र प्रदेशमा समेत आफ्नै सरकार हुँदासमेत महानगरले माखो मार्न नसकेको भनेर आलोचना हुँदै गर्दा शनिबार भने एउटा राम्रो काम गरेको छ।

केशव स्थापित मेयर हुँदा धरहरा साइड वाकर्स नामको एउटा कम्पनीलाई भाडामा दिइएको थियो। त्यो कम्पनीले धरहरा चढ्नेसँग शुल्क उठाउनेदेखि त्यहाँ वरपर पसल र रेस्टुरेन्टसमेत राख्ने काम गर्दै भाडासमेत समयमा नबुझाई ठगी गरिरहेको थियो। २०७२ साल वैशाख १२ गतेको भूकम्पमा धरहरा भत्कियो। तर धरहराको त्यो ठूटो भग्नावशेष र त्यहाँ ज्यान गुमाउनेहरुप्रति अलिकति पनि संवेदनशील नभई त्यहाँ मोमो बेच्ने रेस्टुरेन्टदेखि पसलहरु यथावत रहे।

साह्रै चित्त नबुझ्ने दृश्य हुन्थ्यो त्यो। धरहरा भत्किएको केही समयमा नै म त्यहाँ पुगेको थिएँ। त्यहाँको कोलाहल सम्झँदा अहिले पनि मन सिरिङ हुन्छ। पछि त्यहाँ जाँदा मोमो बेच्ने रेस्टुरेन्ट देख्दा मनै खिन्न हुन्थ्यो।

खासमा त्यो कम्पनीसित गरिएको सम्झौतामा धरहरामा केही क्षति पुगे उसैले बनाउनु पर्ने उल्लेख थियो। यो अनुसार त उसैलाई धरहरा ठड्याउन लाउनु पर्ने हो। तर नालायकीको हद- बनाउनु त कहाँ हो कहाँ, रेस्टुरेन्ट र पसलहरु खोलेर भाडा उठाउँदै खाँदै थियो कम्पनी।

काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकले धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको निश्कर्ष निकाल्यो र यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना हटाउन २४ घण्टे सूचना दियो।

त्यो सूचना पछि नहटाएका संरचना काठमाडौँ महानगरपालिकाले आज हटायो। धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काइएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349