आजकाल हरेक सप्ताहान्तमा म असाध्धै ब्यस्त रहन्छु। हरेक हप्ता केही न केही कार्यक्रमहरु भईनै रहन्छ। न्वारन देखी बिहे सम्म अनि घर पुजा देखी चौरासी सम्म सबै कार्यक्रम हुन थाले। बाहुन खोज्न पनि त्यति गार्हो भएन। रोजी र छाडी बाहुन पाईन थाले। हिजो एकजना बहिनीले फोन गरिन दाई घर पुजा गर्न थियो बाहुनको नम्बर दिनुन। मसँग सम्पर्कमा भएका दुई जना बाहुनको नम्बर दिए। उनीले सम्पर्क गरिछिन एकजना बाहुनले म भ्याउँदिन आज एक जोडीको बिवाह घोष यानिकी ईङ्गेजमेन्ट गर्न छ, त्यहाँ सकेर फेरी न्वारनमा जानु छ। अरु कुनै दिन गर्दा हुन्छ भने म मिलाउँला।
बहिनीले पनि तिथीमिती नेपाल घरमा सबै हेरेर घर सर्ने साईत मिलाएर पुजा लाउन खोजेकी थिईन्। ति बाहुन ब्यस्त भएपछि पुनः अर्का बाहुनलाई सम्पर्क गरिन्। ति बाहुनले मन्जुरी दिएछन् तर साँझपखको समयको। बाहुन भन्दै थिए रे एकठाउँमा सत्यनारायणको पुजा छ सकेर आउँदा ढिला हुनसक्छ। अब नहुनु भन्दा कुर्नै जाती भन्ने सोचेर हुन्छ भनिछिन्। बाहुन बाजेलाई सोधिछीन् अनि सामान के के चिहिन्छ सबै लिस्ट पठाई दिनु ल। एकै छिन्मा म्यासेज गर्देछन् ठाउँ सहित। पसलमा जाँदा बरु नेपालमा नपाईएका सामान सवै देखेर दङ्ग परिछिन् बहिनी।
गएको विकेन्डमा घर नजिकैको पार्कमा यसो घुम्न जानु पर्यो भनेर गएको। आमाबाहरुको गजबको जमघट हुँदो रहेछ। कोही नाती नातिना हेर्न आउनु भएका, कोही घुम्नको लागि आउनु भएका त कोही छोरीका ग्रेजुएसनका लागि आउनु भएको रहेछ। सधै बिहान त्यहि पार्कमा भेट्ने भलाकुसारी गर्ने। कहिले भजन गाउने कहिले नाँचगान गर्ने गर्नु हुँदो रहेछ। एकजना आमा भन्दै हुनुहुन्थ्यो खै बाबु के बिदेश भन्नु र। जता गएनी नेपाली देख्छु। खानलाई नेपालमा पाईने सबै पाईदो रहेछ। सबै पाईने तर सबै घरका परिवार एकैसाथ बसेर खान भने बढो गार्हो रहेछ। कहिले कसको काम कहिले कसको। एकै चोटी सबैको भेट हुन चाहि पुरै योजना बनाउन पर्ने रहेछ। नत्र भने नेपाल भन्दा कुनै फरकनै छैन।
भोजभतेर खान जाने दौरानमा एकजना बुवासँग जम्काभेट भयो। बुबाका दुई छोरा एक छोरी सबै अस्ट्रेलीया रहेछन्। काम गर्न गार्हो भयो नातीलाई हेरदिन एक बर्षलाई आएका बा बिहेको लागि मेल्बोर्न आउनु भएको रहेछ। कसरि गर्दा रहेछन् बिदेशमा बिहे। बालाई बढो उत्सुकता जागेछ। छोराको साथीको बिहेको लागि आउनु भएका बा बिहे देखेर जिलनै खानु भएछ। यतिको भब्य र सभ्य बिहे नेपालमा हुन बढो मुस्किल छ। त्यति सम्मको रिती पुर्याएर बिहे गरे। बरु नेपालमा बिहेमा भजन किर्तन, बालनभजन हराउन थाले। खाली ठुला ठुला स्पिकरमा गीत बजाउँछन् नाँच्छन्। पन्चे बाजापनि कमैले बजाउन थाले। जे होस् यहाँपो पुरानो बाजालाई व्युँताई राखेका रहेछन्। पन्चे बाजा बजाउँदा म कुनै गाउँको बिहेमा गएको महसुस भयो। कत्ति पनि अस्ट्रेलीया छु जस्तो लागेन।
साँझको काम सकेर घर फर्किदै थिए। ट्रेनमा वल्लो कुना देखी पल्लो कुनो सम्म नेपालीले छपक्कै ढाकेको थियो। नेपालकै साझा यातायातमा छु झै लाग्यो। गलल हाँसेका छन्, नेपालमा फोनमा बोलेका छन्। कामका कुरा गरेका छन्। बोली त्यहि भाषा त्यहि कोही सभ्य त कोही असभ्य भाषामा बोलेका छन्। छेउमा को छ उसलाई आफ्नो बोलीले कस्तो प्रभाब पारेको छ पत्तो छैन। लाग्छ देश बदले रहनसहन बद्लियो तर बोलीमा खासै परिवर्तन भएन।
घरको पुजामा आएका एक बाहुन भन्दै थिए। गएको महिना एकजना बाको चौरासी लगाईयो। यति धुमधामका साथ गरियो कि नेपालमा कहाँ यस्तो रिती पुर्याएर गर्छन् र जस्तो अनुभुती भयो। एकदम भव्य बन्यो त्यो पुजा। लाख बत्ती बाल्न पनि कुनै गार्हो भएन। सामाग्री सबै सजिलो पाईने भएकोले ईच्छा भए सबै कार्य हुन थाले। मेल्बोर्नमा सप्ताह उत्तिकै भब्य तवरले सम्पन्न भयो। सामदायिक भवन बनाउने हेतुले आयोजना गरिएको सप्ताहमा नेपालीहरुको बाक्लो उपस्थिती रह्यो।
कला सँस्कृतीको जगेर्ना गर्न सबै लागि परेका छन्। मह पुजा देखी बुद्ध जयन्ती, किराँत फेस्टिबल देखी होली, छठ पुजा देखी तिज दशै खुब धुमधामसँग मनाईन्छ। यस्तो लाग्छ नेपाल बाहिरको सानो मिनी नेपाल हो अस्ट्रेलीया।