हिजो ट्रेनमा खासै परानो त के भन्नु यसो बाटोमा जम्का भेट हुँदा हेल्लो भनेर बोल्ने एकजना दाईसँग भेट भयो। भेटमा सामान्य हाई हेल्लो भयो। दाईलाई फ्याट्ट प्रश्न तेर्साए अनि भाई पिआर सिआर भयो क्यारे। घर लिएको छौ कि भाडामै हो अहिले। कता किन्यौ त नि घर। नम्र भएर कहाँ दाई घर किन्नु नि अहिले। बिस्तारै किनौला नि अहिले के को हतार। लौ आएको यत्रो बर्ष भयो किन्न पर्यो नि अव। खै दाई बिदेश भनेर पैसो रुखमा फल्ने रहेन छ।
पैसो कमाउन दुखै गर्नु पर्दो रहेछ। फेरी तपाईले जस्तो आफ्नो सिरुखिरी बेचेर झ्याप्प आँट गर्न नि सकिएन। बाउ बाजेको सम्पती भनेर मास्न पनि मनले दिएन।नत्र त दुई कोठाको घर किन्न खासै तिथी त हेर्नु पर्ने थिएन। काम गरिएकै थियो। बैकले नपत्याउने थिएन। झ्याप्प किनेर फेशबुककाँ पोस्टाउन त मन लाग्या हो तर हतार गरिएन समय कुरीयो।
बरु दाईले त महलैपो हान्नु भयो। दाई भन्दै थिए यता कमाको पैसोले त कहाँ आँट गर्नु र। आफ्नो भागको अँश बेचेर किनेको नि भाई। झ्याम्मै अठ्ठाईस सय तिर्न पर्छ बैकलाई। बुढा बुढीको देखादेख हुनै गार्हो पर्या छ। हप्तादिन काम गईएन भने मन पोलेर खपि सक्नु हुँदैन। ह्या दाई कति टेन्सन लि रा भनेको। कति वरिज गर्ने हो के नो अोरिजहरुको देशमा बसेर। बातै पिच्छे नो ओरिज माईट भनेर कति वरिज गर्ने हो के। दाई चुप भए अनि आफ्नो बाटो लागे। म पनि लागे आफ्नो गन्तब्य तिर।