eNepal

अस्ट्रेलीया सँगै जाउ भन्दा…करियर बनाउँछु भनिन्

तिम्रो मायाँ ९९ सय मेरो मायाँ सय भन्दै सँगै जिउने भन्दै कसम खाएका थियौ। कलेज लाईफ कति रमाईलो थियो। लाग्थ्यो सन्सारका भाग्यमानी जोडी केबल हामीनै थियौ। काठमाण्डौको कन्क्रिटको बस्ती भित्र हामी केबल दुई भमरा कहिले फुल चुस्ने बहानामा गोदावरी त कहिले ककनी अनि वाईट गुम्बा जान्थ्यौ। कलेज बङ्क गरेर भगवानलाई साक्षी राखेर हाम्रो मायाँ कति चोखो छ भनेर देखाउन बगलामुखी त कहिले गु्ह्येश्वरी गएर फुल चडाउँथ्यौ।

सन्सारले हाम्रो मायाँ देखेर डाहा गरे जस्तो अनुभुती हुन्थ्यो। दुनीयाँको कामनै कुरा काट्ने रिस र डाहा गर्ने त हो भन्दै केहीको बेवास्ता नगरी मायाँ अगाडी बढ्दै थियो। टाउको दुखेको बहाना होस् या पेट दुखेको बहानामा होस् उसको घरमा जान कत्ति पनि हिच्कीचाउँदैन थिए।

बाह्र सकिने क्रममा थियो, कलेजले शैक्षीक भ्रमण लैजाने भयो पोखरा, लुम्बीनी लगाएत पाल्पा। सबै जना उत्साहित भयौ। अझ हामी त झन् धेरै उत्साहित भयौ। प्राय सबैलाई थाहा थियो हाम्रो रिलेसन्सिपको बारे। साथीहरुले त्यहि भएर एक्लै हुँदा जिस्काउँथे तर सँगै हुँदा खासै जिस्काउँदै थिए। जाने बेला पनि हामीलाई सँगै बस्ने आग्रह गरे र साथीहरु लास्ट सिटमा बसे। सँगैको लामो यात्रा पहिलो चोटी थियो। मन तरङ्गीत थियो, खुसीको सिमा थिएन। एक छुट्टै रमाईलो यात्रा भयो। जिन्दगीकै याद्गार पलहरु बिते। एकाएक भविस्यको बारे प्रसङ्ग उठ्यो। बार्ह सकिनै लाग्दा अवको स्टेप के गर्ने भन्ने चिन्ताले बिस्तारै सताउँदै थियो। मेरो मुख हेर्दै खिस्स हाँस्न थाली र टाउको जोडी।

मैले भने बोरु मिलाएर अस्ट्रेलीया जाउँ, केही बर्ष दुख गरौ। पैसा पनि कमाईन्छ अनि भविस्य पनि सुनिस्चित हुन्छ। के छ तिम्रो बिचार। उसले अत्तालीदै भनि अव्यु कसरी जानु हो अहिले। अहिले जाने हो र। बाबा मामुले दिन पर्यो नि। मैने भने बुझाएर भन्यो भने मानी हाल्नु हुन्छ नि। आखिरी हाम्रो राम्रो भविस्यकै लागि त अभिभावकहरु सदैब चिन्तीत रहने। खै हेरौ म एकचोटी कुरा राख्छु के भन्नु हुन्छ बाबा ममीले भन्दै थिईन्।

भ्रमण एकदम अविस्मरणीय रह्यो। जिन्दगीकै सुखद यात्रा रह्यो। भ्रमण सकेर फर्कियौ काठमाण्डौ। उसलाई घर जाँदा अस्ट्रेलीया जाने कुरा राख्नु भने। बार्हको परिक्षा सकेर दुबै घर गयौ। घरमा मैले पनि कुरा राखे। तेरो भविस्य कसरी राम्रो हुन्छ त्यहि गर्नु भन्दै बाबाले अव बरालिनुको साटो बोरु आईएलटिएसको तयारीमा लागेर के कति खर्च लाग्छ बुझ्नु भन्नु भयो। मैले पनि एकजना साथी छ मिल्यो भने सँगै जाने कुरा छ भने। शुरुमा त मान्नु भएन पछि आर्थीक रुपमा सजिलो हुने र बिदेशमा सहज हुने कुराको बयान गरे पछि अव तलाई ठिक लाग्छ भने हामीले के भन्ने हो। तँ आफै बुझ्ने छस् भन्दै सम्झाउनु भयो।

मैले उसलाई फोन गरेर सबै कुराको सङ्क्षिप्त जानकारी दिए र उसलाई पनि सोधे कुरा राख्यौ त भनेर। उसले डराए जस्तो गरेर अँ भने तर मान्नु भएन बा आमा त। उल्टै गाली गर्नु भयो भनी। के भन्यौ त भनेर सोद्धा अव बिदेश जान्छु अनि उतै पढेर आफ्नो करिएर बनाउँछु भने। कति सम्झाएँ अहँ मान्नु भएन। हुन त पहिला देखी हाम्रो रिलेसनसिपलाई लिएर खासै खुसी पनि हुनुहुँदैन थियो। यति भनेर उसले फोन राखी।

यसरी बिस्तारै एकाएक सम्पर्क कम हुँदै गयो। उ पनि थाहा छैन घरको कारणले हो की अन्य कारणले उ पनि एकाएक टाढा हुँदै गईन्। म पनि आईएलटीएसको तयारीमा लागे। कति चोटी फोन सम्पर्क गरेर उसलाई सम्झाउने कोसीस गरे। तर अहँ उसले कुनै पोजीटिभ सङ्केत दिईनन्। बोरु मबाट टाडिदै जान लागिन्। फोनमा सम्पर्क लगभग पुरै कम हुन थाल्यो। म्यासेन्जरको रिप्लाई पनि केही दिनमा हुन थाल्यो। भन्थी घरको कारणले यो सव भयो I am Sorry for every thing.

लौ त भनेर केही दिन सार्है असय हुँदै झन् उसको ईखले जसरी पनि जाने निधो गरे। डकुमेन्टहरु सबै तयार गरेर भिषा हाले।केही दिन पछि भिषा आयो। अब जाने बेलामा एक चोटी फोन गर्न पर्यो भनेर फोन गरे तर मोबाईको स्विच अफ भएको रहेछ। धेरै पटक सम्पर्क गर्ने कोसीश गरे सम्भव हुन सकेन। ठिकै छ ठुलो भाग खोज्नलाई मलाई लात मारीस् भन्दै अन्ततः एउटा सङ्कल्प बोकेर परदेशीए।
बिदेशको जिन्दगी बढी ब्यस्त थोरै आराम। घरमा फोन गर्ने समेत फुर्सद हुँदैन थियो। फेसबुकबाट अनफ्रेन्ड भईएछ। काम कलेज गर्दा गर्दै दुई बर्ष बितेको पत्तै पाईएन। हिजो मात्रै फेसबुकमा कसैले ट्याग गरेछ उसलाई। फोटो हेर्दा आफै छाँगाबाट खसे जस्तो भएँ। उसको बेवी सावरको फोटो रहेछ। यस्को अर्थ उ दुई जिउको रहिछन्। कता कता हाँसो उठ्यो अनि रिस पनि उठ्यो। करियर बनाउँछु भन्ने नानीले पक्कै करिएरनै बनाई छिन्। मन मनै बधाई दिएँ अनि लागे आफ्नो करिएर बनाउन काम तिर।

नोटः कथा काल्पनीक हो कसैको बास्तबीक जिवनसँग मेल खान गएमा केबल सम्योग मात्र हुनेछ

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal