eNepal

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्।

राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उनको उपचार गराउने प्रतिबद्वता व्यक्त गरे।

अस्पतलबाटै उनले राष्ट्रकवि घिमिरेको उपचारका सम्बन्धमा छिमेकी भारतस्थित सम्बन्धित चिकित्सकलाई टेलिफोन गरी आवश्यक परार्मशसमेत गरे।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उनको उपचारमा कुनै कसर बाँकी नराखन प्रधानमन्त्री ओलीले निर्देशन दिएकाे बताए।

राष्ट्रकवि घिमिरे एक साताअघि आन्तरिक रक्तस्राव बढेपछि अस्पताल भर्ना भइ उपचारत छन्। आन्तरिक रक्तस्राव भएपछि अहिले हाई केयर युनिटमा राखेर उहाँको उपचार हुँदै आएको छ।

९९ वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो। 

रासस

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349