जापान आएर पनि दल र संगठनका नाममा बिभाजित हुनेबाट नेपालले के आशा गर्ने ?

Get real time updates directly on you device, subscribe now.

युवा अभियन्ता निगम हुमागाईले जुन कारणले युवाहरु परदेशिनु परेको हो परदेशमा गएर त्यही गतिविधि गर्नु दुखद भएको भन्दै जापानमा रहेका नागरिक अगुवा र युवाहरुलाई बेलैमा आफ्ना गतिविधि सच्याउन सुझाव दिएका छन् ।

नागरिक समुहका अध्यक्ष समेत रहेका हुमागाईले राजधानी टोकियोमा आईतबार युथ पर अल संस्थाले आयोजना गरेको घरदेश परदेश र युवा विषयक कार्यक्रममा बोल्दै गैर आवासिय नेपालीहरुको संस्थाले समेत देशमा उदाहरणीय काम गर्न नसकिरहेको दृष्टान्त प्रस्तुत गर्दै नेपाल र नेपालीले केही सिक्नेगरि बिदेशमा रहेका नेपालीहरुले आफ्ना गतिविधि र काम गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै हुमागाईले परदेशमा रहेका युवाहरुले दुख कष्ट पाईरहँदा र कठिन संघर्ष गरिरहँदा घरमा आमासँग फोनमा कुरा गर्दा समेत आफु आराम रहेको भन्नुपर्ने अनि आमाले सिकिस्त हुँदा समेत ठिक छु भनिरहनुपर्ने बाध्यता रहेको भन्दै घरदेश र परदेशको यो दुखद अवस्थालाई अन्त्य गर्न ढिलो भइसकेको बताउनुभयो ।

परदेशमा रहेका युवाहरुलाई सहानुभुतिको आवश्यकता नरहेको तर उनिहरु परदेशिनुपर्ने अवस्थाको अत्य आवश्यक भएको भन्दै हुमागाईले नेपालमा रहेका आफु जस्ता अग्रसर युवा र समुहहरुले यसमा नेतृत्व गरिरहेकाले परदेशमा सिप, क्षमता र बौद्धिकता हाँसिल गरेका युवा जमातहरुको साथ र सहयोगसँगै देशभित्रै उपस्थितिको अपेक्षा गरिरहेको बताउनुभयो ।

विद्यालयहरुमा सिप र क्षमता आवश्यक पर्दछ भनेर पढाईहुने, केही व्यवहारिक सिपको अध्ययन हुने तर प्रयोगात्मक र व्यवहारिक पक्ष केही नसमेटिंदा नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने ज्ञान मात्र भएको भन्दै यसमा नेपालको परिवेश अनुसारको सिप र क्षमता अनुसारको ज्ञान समेट्नुपर्ने औंल्याउनुभयो ।

आपसी एकताको अभाव, समझदारी र कुशल नेतृत्व नहुँदा देश विकासको गतिमा बढ्न नसकेकै कारण युवाहरु परदेशिनुपर्ने यर्थातता रहेको तर बिदेशीएका नेपालीहरुबिचनै दलका नाममा, संगठनका नाम र समुहका नाममा विभाजन देखिनु दुखद पक्ष भएको भन्दै युवा अभियन्ता हुमागाईले ‘बिदेशमा रहेका नेपालीहरुको यस्तो गतिविधिबाट नेपालमा रहेका युवा र आम नागरिकले के सिक्ने ?’ भनेर प्रश्न गर्नुभयो ।

नेपाल अहिले स्थिर सरकार निर्माणको गतिमा गएको प्रसंग कोट्याउँदै नागरिक समुहका अध्यक्ष हुमागाईले भने ‘तर अहिलेको व्यवस्थाले सँधै यस्तो स्थिर सरकार रहने अवस्था रहन्न त्यसैले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था नभएसम्म देशमा स्थिर सरकार आउन नसक्ने र स्थिर सरकार नभएसम्म दिगो विकास र समृद्धिको कुरा कठिन हुने’ बताउनुभयो ।

ईन्जिन राम्रो हुँदा चालक खराब, चालक खराब हुँदा इन्जिन खराव दुवै ठिक हुँदा जाने बाटो र गत्तव्य गलत भएको भन्दै हुमागाईले भन्नुभयो-‘यि तिनै चिज ठिक हुँदा समेत देश समृद्धितर्फ अघि बढ्न नसक्नुमा अहिलेको प्रौढ नेतृत्वले बाटो ओगटेर ठुलो लरी ट्रकले बाटो जाम गराएर पछिको गाडीलाई अघि बढ्न नदिएजस्तै भएको तर अब क्षमता, दक्षता र साहस भएकालाई बाटो नछोड्ने नेतृत्वलाई हर्न बजाएर सचेत बनाउनुपर्ने नभए सक्षम युवाहरुले नेतृत्व आफ्नो हातमा लिएर अघि बढ्नुपर्ने’ बताउनुभयो ।

देश राष्ट्रिय एकताबद्ध बनाएर अघि बढेमात्र समृद्ध हुने भन्दै दल, जात समुह धर्मका नाममा बिभाजित गराएर फुट गराउनेहरुको बिगबिगि रहेको भन्दै सबै सचेत र एकताबद्ध भएर अघि बढ्नुपर्ने र यसमा प्रवासमा रहेका नेपालीहरुले सकारात्मक सन्देश देशमा प्रवाह हुनेगरि कृयाकलाप गर्नुपर्ने हुमागाईको सुझाव छ ।

गैर आवासिय नेपाली संघको बारेमा टिप्पणी गर्दै युवा अभियन्ता हुमागाईले भन्नुभयो-‘धुर्मुस सुन्तली फाउण्डेशनले तीन बर्षमा चारवटा बस्ती निर्माण गरेर बुझाइसक्यो तर ज्ञान, क्षमता दक्षता अनि सबै कुराले सम्पन्न भएकाहरुको संस्था भन्ने एनआरएनएले गोरखाको लाप्राक बस्ती बनाउन चार बर्ष लगाईसक्यो तै पनि कहिले पुरा हुने ठेगान छैन । अनि बिदेशमा रहेका नेपाली र एनआरएनएबाट नेपालीहरुले के सिक्ने ? उनले थपे नेपालमा भएका एनजिओहरु जस्तै कछुवागतीमा काम गर्ने भएपछि एनआरएनएलाई कसरी बुझ्ने ?’

एक सय बढी युवा तथा जापानका केही व्यवसायी सहित विभिन्न संघसंस्था र राजनीतिक दल आवद्ध व्यक्तिहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले हुमागाईलाई आफ्ना जिज्ञासा राख्नुका साथै केही सुझाव राखेका थिए ।

सहभागीहरुको जिज्ञासालाई सम्वोधन गर्दै नागरिक समुहका अध्यक्ष हुमागाईले आफुले चाहे सम्पन्न कुनैपनी देशमा गएर बस्न सक्ने भन्दै आफु पलायनवादी सोचमा नरहेको र प्रेम बानियाँको अमेरिका यात्रा पलायन नभई फरक विषय रहेको बताउनुभयो ।

जापान कुनैपनि लाभ प्राप्त गर्ने, सदस्यता बृद्धि वा संगठन विस्तारको लागि नभई एक छुट्टै कार्यक्रमको लागि आउँदा जापानमा रहेका नेपालीहरुसँग पनि भेटघाट गर्ने उदेश्यले मात्र कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्दै हुमागाईले संस्थाको संरक्षकमा मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी रहेको र संस्थामा सबै राजनीतिक दलमा आवद्ध नभएका व्यक्ति रहेको जानकारी गराए ।

सहभागीहरुको जिज्ञासाको प्रत्युत्तर दिंदै हुमागाईले आफुहरुले पहिलो संविधानसभाको असफलतादेखी सबै राजनीतिक दलका नेताहरुलाई सचेत पार्ने हिसाबले कार्यक्रम र अभियान गरेको बताउनुभयो ।

‘अब पनि हामीले नेतृत्वलाई सचेत र सजग गराएनौं भने समृद्धिका कुरा नारामै सिमित हुन्छ त्यसैले यो बेला चुप लागेर बस्ने बेला होइन झनै बोल्ने र नेताहरुलाई सचेत बनाउने बेला हो’ हुमागाईले सहभागीहरुलाई सुझाव दिंदै भने-‘चुनावको बेलामा जुनसुकै पार्टीको लाग्नुस् मतलब भएन जहाँ मन लाग्छ त्यहीँ भोट हाल्नुस् सपोर्ट गर्नुस् तर निर्वाचनपछि सहिलाई सहि र गलतलाई गलत बनेर सबैलाई सचेत बनाउनुस् नेता आएपछि टाँसिएर फोटो खिच्ने र लाभ लिने काम गर्न छाड्नुस्, भनेको र घोषणा गरे अनुसारको काम किन भएको छैन किन ढिलो भइरहेको छ भनेर सोध्ने गर्नुस् परदशेमा रहेकाहरुले यतिमात्र गरेपनि नेताहरुको चेत खुल्छ र देश बन्न सघाउँछ ।’

Get real time updates directly on you device, subscribe now.

Comments are closed.