इन्डियन प्रिमियर लिग अाइपिएल क्रिकेट खेलेर नेपाली क्रिकेटर सन्दीप लामिछाने अाज नेपाल फर्कँदैछन । उनी बेलुकी साढे ४ बजे विमानस्थल अाइपुग्नेछन् । उनकाे स्वागतमा हजाराैं समर्थक विमानस्थल जाने तयारीमा छन ।
उनको लोकप्रियतासँगै विमानस्थलमा पुग्ने हजाराैं समर्थकका कारण सुरक्षाामा तलमाथी हुन सक्ने भएकाले सुरक्षाा व्यवस्था कडा पारिने प्रहरीले जनाएको छ । २० लाख रुपैयाँ भारुमा दिल्ली डेयर डेभिल्समा अावद्द भएका सन्दीपले पछिल्ला ३ खेलमा ५ विकेट लिएर सनसनी मच्चाएका थिए । अाइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।