eNepal

हाम्रो ईभेन्ट्सद्वारा आयोजीत प्री ईभेन्ट प्रेस मीट एन्ड ग्रीट कार्यक्रम सम्पन्न

image

नाँचौ गाऔं रमाईलो साँझको पुर्व सन्ध्यामा हाम्रो ईभेन्ट्सले प्रि प्रेस मीट कार्यक्रम गरेको थियो जुन कार्यक्रम जहाँसम्म लाग्छ सम्भवत: मेल्बोर्नमा पहिलो हुन सक्छ।यसरि कलाकार, आयोजक , स्थानीय पत्रकार र समाजका अग्रणी महानुभावहरु अनि केही कला प्रेमी साथीहरुको साथमा अन्तरकृया गर्ने कामको थालनी गरेको छ सबै उपस्थीत महानुभावहरुले मुक्तकण्ठले प्रसंसा गरिएको थियो।

image
कलाकारहरुको यो अस्ट्रेलीया टुर के कस्तो रह्यो, रमाईला पल अनि हँसीला पलहरु सबैलाई साट्नु भएको थियो। साथसाथै आजको कार्यक्रममा उहाँहरुबाट कस्तो आशा रहेको छ जान्ने र सोध्ने मौका मिलेको थियो।अरु स्टेटहरुमा भएको तीता मीठा क्षणहरु पनि कलाकारहरुद्वारा साटीएको थियो। आयोजकको तर्फबाट पनि आजको कार्यक्रमको बारेमा संक्षिप्तमा बोल्दै हाम्रो ईभेन्ट्सका को अडीनेटर बिपीन बस्नेतले आफ्नो योजनाहरु छोटकरीमा भन्नु भएको थियो। सम्पुर्ण प्रायोजक, सह प्रायोजक, मिडीया लगाएत सहयोगी हातहरुलाई धन्यबाद दिनु हुँदै सबैको मायाँ र सहयोग अपेक्षा राख्नु भएको थियो।

image
हाम्रो ईभेन्ट्सको यो पहिलो कार्यक्रम भएकोले हुन सक्छ उहाँहरु यो कार्यक्रमलाई लिएर बढी उत्सुक हुनु भएको छ। एउटा कुनै पनि कार्यक्रम सफल हुनुमा कलाकार अनि आयोजकले आफ्नो तर्फबाट सत्प्रतिसत दीने कोशीस गरिएको हुन्छ यदी दर्शकहरुको उपस्थीति बाक्लो रह्यो भने, त्यसैले कलाकार लगाएत आयोजकको तर्फबाट सबै मेल्बोर्न बासीहरुलाई आईदिएर कलाकारलाई सम्मान अनि आयोजकलाई हौसल्ला बडाईदिनु हुन अनुरोध गरिएको थियो।
आजको कार्यक्रम ईस्टोनीया हाउसमा आज साँझ हुँदैछ र करिब ५ घण्टा कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349