eNepal

गौरीघाटबाटै पक्राउ परे गोरे, मोरङ जिल्ला अदालत पठाइने

सुन तस्करी तथा हत्या अभियोग लागेका चुडामणि उप्रेती ‘गोरे’ अन्ततः पक्राउ परेका छन् । आज (मंगलबार) सुन तस्करी तथा शनम शाक्य हत्याको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित समितिले उनलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हाे ।

मंगलबार बिहान साढे पाँच बजेतिर उनी बस्दै अाएकाे क्षेत्र काठमाडौंको गौरिघाटबाटै उनलार्इ पक्राउ गरिएकाे सम्मेलनमा जानकारी दिइयो । शनम हत्या र सुन तस्करी प्रकरणकाे मुद्दामा बहस जारी रहेकाेले थप अनुसन्धानका लागि उनलार्इ मोरङ जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेकाे समेत जानकारी दिइयाे ।

उनीविरुद्ध ३८ क्विन्टल सुन तस्करी गरेको आरोप लागेको छ । केही समयअघि विमानस्थलबाट बरामद ३३ किलो सुन हराएपछि खुल्दै गएको सुन तस्करीको रहस्यमा उनी नै तस्करीका मुख्य नाइके रहेको बताइन्छ । सुन ओसारपसारमा प्रयोग गरेका मोरङका शनम शाक्यको हत्यामा मुख्य अभियुक्त समेत रहेका गोरे पछिल्लो समय फरार थिए ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349