eNepal

आतंककारी समूह आईएसआईले क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको हत्या गर्ने धम्की

आतंककारी समूह आईएसआईले रुस विश्वकपका क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीको हत्या गर्ने धम्की दिएको छ। बेलायती पत्रिका दी सनका अनुसार ग्राफिक फुटेजसहित आईएसआईले रोनाल्डो र मेसीलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो। उक्त भिडियो फुटेजमा दर्शकले भरिएको स्टेडियमभित्र रोनाल्डो र मेसीको टाउको हातमा बेकेका दुई युवा देखिएका छन्।

त्यसको अगाडि ‘योर ब्लड विल फिल द ग्राउन्ड’ (तिम्रो रगतले मैदान भरिनेछ) लेखिएको छ। सिरिया, इराक लगायतका क्षेत्रमा सक्रिय आईएसआई समूहले विश्वकपको पूर्वसन्ध्यामा दिएको धम्कीले आयोजक रुसमाथि खेलाडीको सुरक्षालाई लिएर चुनौती थपेको छ। आईएसआईले बुधबार मात्रै यो फुटेज सार्वजनिक गरेको हो।

आईएसआईले केही समयअघि आफ्ना समर्थकलाई लक्षित गरी रुस विश्वकपका क्रममा खेलाडीहरूलाई आक्रमण गर्न आह्वान गरेको थियो। उनीहरूले त्यस बेला चक्कुले विश्वकपको लोगोलाई प्रहार गरेको र फ्रान्सेली भाषामा ‘सबैलाई मार’ लेखिएको पोस्टरसहित विश्वकपमा कसैलाई पनि आक्रमण गर्न आफ्ना समर्थकमाझ आह्वान गरेका थिए।

आईएसआईले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मुस्लिमहरूको हत्या गरेको आरोपसहित धम्की दिएको थियो। ‘उनीहरूले पुटिनले यसको मूल्य चुकाउनुपर्नेछ’ लेखिएको पोस्टर सार्वजनिक गरेका थिए। आईएसआईले सिरियामा आफूहरूविरुद्ध कारबाहीमा उत्रिएका राष्ट्रपति बसर अल आसदलाई सहयोग गरेकाले मुस्लिमहरूको हत्या गरेको आरोपसहित धम्की दिएको जनाइएको छ।

रुसले भने आफूहरू खेलाडीको सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ। गत महिनामात्रै रुसले शंकास्पद ११ विद्रोहीलाई मारेको जनाएको थियो।

साभार

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349