eNepal

अष्ट्रेलियामा बन्यो “ए मेरो हजुर २”को “भन्छु आज म ” गितको कभर भिडियो

अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका सन्जय सेन्चुरी विगत केही समय देखी भिडियो छायांकन तथा निर्देशनमा लागेका छन् । विद्यार्थी जीवनमा आफ्नो रुचीलाई पछ्याएर यसमा करियरको बाटो खोज्न सकिन्छ भन्नको लागि उनी एक गतीलो उदाहरण हुन् । उनले आफ्नो करियरको सुरुवाती दिनमा अष्ट्रेलियाबाट नै विभिन्न नेपाली गीतहरुकाे कभर भिडियो बनाएका छन् ।

हालै मात्र सन्जयले एक नयाँ कभर भिडियो लिएर आएका छन् ।  गायक संजीत श्रेष्ठ , छेवंग लामा र बृजेश श्रेष्ठले गाउनुभएको ‘ए मेरो हजुर || भन्छु आज म’ को सेन्चुरीले कभर भिडियो तयार गरेका हुन् । सन्जयले निर्देशन गरेको यो दोस्रो कभर भिडियो हो ।

मेलबर्नको रमणीय ठाउँहरुमा छायांकन गरिएको यस कभर भिडियोमा सुशान्त योञ्जन, मन्दिरा शर्मा र डिकेन  लामाले अभिनय गरेका छन् । सम्पादन सेन्चुरी आफैले गरेका यस भिडियोलाई ‘बाबा फिल्म्स प्रोडक्सन’ ले बजारमा ल्याएको हो ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349