eNepal

प्रेरणादायी कथा

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गर्यो…विवाह पछी दुबैको ज़िन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो…

उसले पत्नीलाई धेरै चाहन्थ्यो र उसको सुन्दरताको हमेशा तारीफ़ गरिरहन्थ्यो…तर केही महिना पछि पत्नीलाई छालाको रोग (Skin Disease) ले समात्यो र बिस्तारै बिस्तारै उसको सुन्दरता हराउँदै गयो…

आँफुलाई यस्तो देखेर उसको मनमा डरले घेर्न थाल्यो कि यदि उ कुरूप भइ भने उसको पतिले उसलाइ घृणा गर्न थाल्छ र उसले उसको घृणा सहन सक्दिन…

यतिकैमा एक दिन पतिलाइ कुनै काम बिशेष गाउँबाट बाहिर जान पर्यो…काम सकेर जब उ घर फर्किदै थियो, उसको accident भयो !. Accident मा उसले आफ्नो दुवै आँखा गुमायो! तर त्यसपछि पनि ति दुबैको जिंदगी सामान्य तवरमा अगाडी बढ्दै रहयो…

समय बित्दै गयो र छाला रोग (Skin Disease)को कारण पत्नीको आफ्नो सुन्दरता पुर्णरुपले गुमाएकी थिइ…

उ कुरूप भइ. तर अन्धो पतिलाइ यस बारेमा केही पनि थाहा थिएन…त्यसैले उनीहरुको खुशी विवाहित जीवनमा कुनै प्रभाव परेन …उसले पत्नीलाई पहिलाको झैं प्रेम गरीरहयो…

एक दिन उसको पत्नीको मृत्यु भयो…पति अब एक्लो भएको थियो…उ धेरै दु:खी थियो. उ त्यो शहर छोडेर जान चाहन्थ्यो…

उसले पत्नीको अंतिम संस्कार क्रियाविधि पूर्ण गर्यो र गाउँ छोडेर जान लाग्यो… त्यहीबेला एउटा मान्छेले पछाडीबाट उसलाइ बोलाउँदै भन्यो, “अब तिमी बिना सहारा एक्लै कसरी हिड्छौ? यतिका बर्ष त तिम्रो पत्निले तिम्रो मदत गरेकी थिइन.”पतिले जवाब दियो, “मित्र! म अन्धो होइन… मैले त सिर्फ अन्धो भएको नाटक गरिरहेको थिएँ… किनकी यदि मेरी पत्निलाइ थाहा हुन्थ्यो कि मैंले उसको कुरूपतालाइ देख्छु, भने उसलाई त्यस रोगले भन्दा धेरै पिडा दिन्थ्यो…

त्यसैले मैंले यतिका बर्ष अन्धो भएको नाटक गरें… उनि धेरै असल पत्नि थिइन… मैंले उनलाई खुशी राख्न चाहन्थे.”

शिक्षा:::खुशी रहनको लागी हामीले पनि एक अर्काको कमी कमजोरी प्रति आँखा बन्द गर्नु पर्दछ.. र ति कमी कमजोरीहरु लाइ नदेखे झैं गर्नु पर्दछ !

गोपाल कार्की

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349