eNepal

नियतनै खराब भएपछि अस्ट्रेलीया पुगे नि उही रहेछ

झुमा (नाम परिबर्तन)अस्ट्रेलीया आएको करिब दुई बर्ष हुन लाग्यो। सामान्य घरमा हुर्किएकी छोरी। बाबा बैंकका जागिरे अनि आमा शिक्षीका। घरमा एकजना भाई छ उपनी नौ कक्षामा पढ्दै छ।बार्ह साईन्स ब्याकग्राउण्डबाट राम्रै अङ्क ल्याएर उत्रीर्ण गरिन्। बार्ह सकेर के गर्ने भन्दा सबैको जस्तै उसले पनि सोच बनाईन बिदेश पढ्न जाने। बिदेशको लिस्टमा प्राय युवाहरुको हट लिस्टमा परेको अस्ट्रेलीया जाने निधो गरिन् किनकी त्यहाँ उसका केही साथी पहिलानै गएका थिए। साथीहरुको करकाप अनि रमाईला र गुलीया कुरामा झुमा पनि परिन्। उच्च शिक्षा हाँसील गर्न छोरी जाने बा आमाले किनपो नकार्थे र। ऋणपान ऐचो पैचो गरेर क्षुमाका बा आमाले छोरीलाई खुसी हुँदै बिधाई गरे।

क्षुमा एक मेहिनेती, लगनशिल र आँटीली केटी थिई। उसलाई बिदेशको लाईफस्टाईल साथीहरुको माध्यमबाट लगभग थाहा भई सकेको थियो। उसले यो पनि राम्रोसँग बुझेकी थिई कि काम नगरि मुखमा हाँसो र मनमा खुसी हुन पाईदैन भन्ने। तर उ यति सम्म ढुक्क थिई कि परेको खण्डमा जस्तोसुकै कामपनि सहर्ष स्विकार गर्छु।

झुमा खासै ठुलो सपना नबुनी अस्ट्रेलीया आईन्। उ तदारुक्ताका साथ काम खोज्न लागि परिन्। कहिले क्याफेमा ट्राईलमा बोलाएको छ भन्दै ट्राईल दिन जान्थिन्। कहिले हाउसकिपीङ त कहिले क्लिनीङ। साँच्चै भन्नु पर्दा दुःख देखेका छोरा छोरीले दु:ख गर्न जानेका हुन्छन् तर पुल्पुल्याएर मताका छोराछोरीले अभिभावकलाई सताउँछन् भन्ने कुरा झुमामा पनि केही हद सम्म मिलेको देखिन्छ। उसले अभावलाई राम्रोसँग बुझेकी थिई, उसले बा र आमाले आफुलाई पढाउन गरेको दुख नजिकबाट नियालेकी थिई अनि कामको महत्वलाई नजिकबाट स्पर्षगर्ने मौका पाएकी थिई।

कतिले त भन्छन् छोरा छोरीलाई सपार्न छ भने बिदेश पठाउ।तर धेरैका छोरा छोरी बिदेश आएर बिग्रेका प्रसस्तै छन्। सबै भन्दा ठुलो हिम्मत अनि मनमा हैन! मैले घरपरिवार र आफ्नोलागी केही गर्नै पर्छ। अहिले गरिन भने मेरो भविस्य घरको न घाटको हुन्छ भन्ने सोच हुन पर्छ। यो कुरामा अभिभाबकले पनि आफ्नो कर्तव्य निर्भाह गर्न जान्नु पर्छ। बाबु नानी ढुक्क हुनु जति खर्च लागेनि चिन्ता लिनु पर्दैन हामी छौ नि भन्नुको साटो ल अव त हुर्केको छोरी होस् तेरो खुट्टामा तै उभिने हो ।बाउ आमाको मुख नताकी कन आफ्नो भविस्य बनाउने हो भन्न सक्नु पर्छ अनि मात्र हैन मैले केही गर्न पर्छ भन्ने भावना मनमा जाग्छ।

झुमा पनि धेरै हण्डर र ठक्करबाट निखारीएकी केटी थिई। यसरि काम गर्ने क्रममा उसलाई रातीको काम जुर्यो। आँट र साहस भएकी झुमालाई रातीको कामले कुनै असर गरेन। एकजना कन्ट्राक्टरले फिल्म हल सफा गर्ने कन्ट्राक्ट पाएको रहेछ। उसलाई आफैले कमाएर कलेजको फि पनि तिर्नु थियो, घरको भाडा सबै तिर्नु थियो र यसको अलाबा नेपालबाट आउँदाको ऋणपनि चुक्ता गर्नु थियो। दिउँसो चार दिन क्याफेमा काम गरेर पाँच रात फ्लिम हल सफा गर्थिन्।बिस्तारै एउटै घरमा बस्नेहरुले पनि कुरा खासखास खुसखुस गरेको सुन्न थालिन् यसको अर्थ कस्तो काम हो, के गर्छे सँधै साँझ परेपछि उठेर जान्छे बिहान थाकेर थकित मुद्रामा घर आउँछे।

झुमा कुनै रहरले रातीको काम गर्न गएकी थिईन उसलाई घरको आर्थिक बोज, कलेजको फिको थिचाई अनि बा आमाको खुसी र हाँसो एकै साथ परेको थियो। कैयौ रात त भ्याकुम लाउँदा लाउँदै हलमै लडेका क्षणहरु पनि उसँग ताजै हुन्थे।

आखिरी जहाँ गएनि हाम्रो सोचमा परिबर्तन नआउँदो रहेछ। जहाँ गएनी नेपाली पारा देखाउन नछोड्ने रहेछौ। एकदिन झुमा काम सकेर सन्चो नभए पछि रातीको लास्ट ट्रेनमा घर फर्किने क्रममा रहिछन्। ट्रेनमा उसँगै केही नेपाली केटाहरुपनि काम सकेर फर्किने क्रममा रहेछन्। कामबाट आउँदा को नै चिटीक्क परेर लिप्स्टिक लाएर चिल्लो पिरो भएर हिड्छ र त्यो पनि यो बिदेशमा। सबै थकितनै हुन्छन्। तर छेउमा बसेका केटाहरुले उसलाई अर्कै नजरले हेरेको अनुभुती भएछ। कतै नराम्रो काम गरेर आएको नजरले हेरेर कुरा गरेको उसले अन्दाज लगाई। फेरी नेपाली परैबाट चिनिने यो देशमा नेपालीनै हुन भनेर चिन्न कुनै ठुलो अनुसन्धान गर्नै पर्दैन। हेराईबाट थाहा हुन्छ कि उ नेपाली हो भनेर।

घर पुग्दा मध्य रात भएको थियो। ति केटाले मलाई कुन नजरले हेरे होलान्। कतै मलाई कर्ल गर्ल जस्तो पो सोचेकी। किनकी तिनीहरुको हेराईनै गिद्दे नजरको थियो। घरमा सँगै बस्नेहरु पनि खासै बोल्दैन थिए। हुन त यहाँ कसलाई बोलेर गफिएर बोल्ने फुर्सद हुन्छ र। तर कस्तो अचम्म बिवस्ता र बाध्यतामा परेर राती काम गर्दा पनि यस्तो बिकर्षीत देशमा बसेर सोचमा किन बिकाश नभएको होला। के राती काम गर्ने चाहि नराम्रै धन्दा गर्छन भन्ने सोच्नु कस्तो सामाजिक मानसिक्ता होला। आखिरी बिदेशमा बसेर देखेका सुनेका भोगेकाको त यस्तो हबिगत छ भने आखिरी दोष कस्को। कहिले परिबर्तन हुने हाम्रो सोच???

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349