सधै हेरी रहेका नेपाली चलचीत्रहरु भन्दा फरक धार हरर जनरामा बनाईएको नेपाली चलचीत्र सुनकेसरी यहि २५ मेका दिन अल नेपाल रिलीजका साथ साथै मेल्बोर्न प्रिमीएर एकै साथ हुने भएको छ। भिलेज सिनेमा क्रावन केसीनो मेल्बोर्नमा साँझ ६:३० मा सुनकेसरीको पहिलो शो लाग्ने पक्का भई सकेको छ।
रिचा शर्मा, भिम न्यौपाने, शर्मिला सापकोटा लगायतको संयुक्त लगानिमा निर्माण भएको फिल्ममा अर्पण थापाको कथा तथा निर्देशन रहेको छ । फिल्ममा रिचा शर्मा, रबिन्द्र झा, सन्नी डकाल, सुनील पराजुली, प्रेरणा थापा, भिम न्यौपाने, तमन्ना शर्मा, साबित्रा आचार्य, एमी पराजुली, कृष्ण तिवारी, धर्म राज अधिकारी लगायत अस्ट्रेलियन कलाकार लौरेन लोफबर्गको अभिनय रहेको छ । फिल्ममा काली प्रसाद बास्कोटा र बिजय अधिकारीको संगीत, रह शर्माको छायाङ्कन, आन स्कट क्लेमेन्टको सम्पादन, जर्ज सालिवा र मिचेल सालिवाको द्वन्द रहेको छ ।
बिगतमा केही हरर जनराका नेपाली चलचीत्र नबनेका भने होईनन् तर प्राबीधिक त्रुटीका कारण खासै दर्शकहरुले रुचाएका थिएनन् तर सुनकेसरी भने प्राबिधीक हिसाबले अब्बल रहेको निर्माण पक्षको दाबी रहेको छ।