नेपालको पहिलो भैसी सुन्दरीको उपाधि हिराले पाएकी छिन । इटहरीमा आयोजना गरिएको भैसी सुन्दरी प्रतियोगिता ३८ जना भैसीलाई उछिन्दै मिठुमाया कार्कीले पालन गरेको हिरा नाम गरेको भैसीले उपाधि जितेको हो ।बातावरण तथा पर्यावरण संरक्षण केन्द्र इटहरीले आयोजना गरेको प्रतियोगितामा हिराले ११ हजार रुपैयाँ नगद सहित निःशु्ल्क वीमाको अवसर समेत प्राप्त गरेकी छिन ।
भैसी पालक किसानहरुलाई प्रोसाहन गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा नरबहादुर कार्कीले पालन गरेको चम्पा नामको भैसीले दोस्रो उपाधिसहित ९ हजार तथा तेस्रो हुने किसान बेधनिधि दाहालको काली नामकी भैसीले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन ।यस्तै किसान हरिप्रसाद नेपालको काली नाम गरेकै भैसीले ३५ सय रुपैयाँ तथा पाँचौ हुने किसान नारायणबहादुर बुढाथोकीको काली नामकै भेसीले २५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा बिजयी सबै भैसीको आयोजकले बीमाको अवसर समेत उपलब्ध गराएको छ ।
प्रतियोगितालाई राष्ट्रिय भैसी अनुसन्धान केन्दैका भैसी वैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो डा. विष्णुप्रसाद कुशवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले भैसी जाँच गरी सुन्दरी प्रतियोगितामा ल्याईएका भैसीको श्रेष्ठता मापन गरेको थियो ।