eNepal

कठै मेरा “Aussie” छोरा छोरी

दुई बर्ष पुग्दै गरेको छोरोले अङ्ग्रेजीमा एउटा मिठो बाक्य बोल्यो भने गमक्क पर्छौ र भन्छौ वहा मेरो Aussi छोरो। अनि त्यहि छोरोलाई हेर्न बोलाइएको हजुरआमा र नातीको दोहोरो बात नहुँदा हजुरआमाको मन कस्तो हुन्छ होला।

अङ्ग्रेजी बोल्नु ठुलो कुरो पक्कै होईन। ठुलो कुरो त आफ्नो बच्चालाई दिईने सँस्कार हो। पढेको हामीले त्यहि हो घरनै पहिलो पठाशाला भनेर। तर आफ्नो मनको असिमीत ईच्छाहरु परिपुर्ती गर्ने क्रमा छोरा छोरीलाई दिन पर्ने सँस्कार दिन हामी स्वम् कन्जुसाई गरि रहेका त छैनौ। एउटा नाती हजुरआमाको काखमा बसेर माम् खादैन तर हातमा आईप्याड र आईफोन थमाए पछि खान्छ। घरमा पाहुना मान्छे आए भने कोठा भित्र एक्लै बस्न रुचाउँछ। अब यहाँ दोष कसलाई दिने। प्रबासलाई कि सँस्कारलाई।

एकजना दिदीले आफ्नो नानीलाई नेपालनै राख्नु भयो। हुन त रहरले कसले पो छोरा छोरीलाई टाडा पारेर राख्थ्यो र। सबैको आआफ्नो बध्यताहरु होलान्।फोनमा बार्ता फाट्टफुट्ट हुन्थ्यो। सबैलाई थाहानै हुन्छ प्रबासको दिन चर्या। छोरी ठुली भईन् अनि नेपालमा पढ्दै गरेकी छोरीलाई बोलाउनु भयो। कामको शिलशिलामा झिस्मिसेमा हिडेका बा आमा साँझ अबेलामा घर आउँने। अहिले छोरी बोल्न भन्दा पनि एक्लै बस्न रमाउने देखेर चिन्तीत हुनु हुन्छ। न राम्ररी बोल्छ।सबालको जवाफ मात्र दिन्छ भनेर पिर गर्दै हुनुहुन्छ। भन्नु हुन्छ जस्तै भएपनि छोरा छोरीलाई अलग राख्न हुन्नु रहेछ।

केही दिन अगाडी एकजना साथीको घरमा गएको। बा आमा सधै काममा ब्यस्त। तिन दिन चाईल्ड क्येर अनि बाँकी दिन घरमै हेर्ने मान्छे बोलाएको रहेछ। को आयो को गयो त्यो बच्चालाई मतलब छैन। एउटा कुनामा बसेर हातमा आईप्याड छ। बस् उ त्यसमै भुलाईएको छ। किनकी उसलाई बानीनै त्यहि लगाईयो। सधैको कामले उसँग खेल्ने बोल्ने समय भएन अनि केबल आईप्याडको गेम र काटुनमै उसले सँसार देख्यो।

दाजु भाउजुको छोरो अस्ट्रेलीयामै जन्म्यो तर काम अनि पढाईले गर्दा छोरोलाई समय दिन मिलेन। लगेर नेपाल छोड्नु भयो। करिब पाँच बर्ष पछि लिएर पुन: आउनु भयो तर उसको बोल्ने शैलीनै फरक। हुन त गाउँको सङ्गतले होला। एकदम फोहोरी र अपशब्द बोल्ने। जोसँग नि जाई लाग्ने स्वभाव। हुन त हजुरबा हजुरआमाले पुल्पुल्याएर एकबचन पनि सारो गाली नगरी जे भनेको त्यहि पुर्याई दिएर राखेर होलान। छोरोको नराम्रो बानी हटाउन बा आमालाई हम्मे हम्मे परेको थियो।

एकजना दाईसँग अस्ति पार्कमा भेट भयो। बढो गम्भिर कुरो गर्नु भयो। छोरा छोरीको कारण अस्ट्रेलीयाको पीआरनै त्यागेर नेपाल फर्किनु भएछ एक दम्पती। बिधार्थी भिषा हुँदै बच्चा जन्मे। कति गार्हो भयो। लगेर नेपाल राखि दिएछन् एक बर्षको पनि नहुँदै। पढाई सकियो। छोरोसँगको साक्षात्कार केबल स्काईपमा सिमीत रह्ये। पढाई सकियो पिआर हाले त्यस पछि छोरोलाई यतै लिएर आए। स्कुलमा भर्ना गरिदीए।तर हाँसको बथानमा बकुल्ला जस्तै भयो। सबै अङ्ग्रेजी बोल्ने ठाउँमा उसलाई त्यो माहौलमा एडजस्ट गर्न निकै गार्हो भयो।

घरमा पनि आमा बासँग त्यति गफ नहुने। आफ्नै कोठामा टोलाएर बस्थ्यो। केही महिना अगाडी नेपाल जाँदा हजुरआमासँग डाको छोडेर रोयो म जाँदीन अव अस्ट्रेलिया भन्दै। बा आमालाई सार्है नमज्जा लागेछ। मैले तपाईसँग चार बर्ष बस्दाको न तपाईले दिने मायाँनै पाए बा आमासँग, न कुनै सँस्कारनै। केबल डलर र व्यस्तताको बाबजुद कुनै दिन मैले आफ्नोपन महसुस गरिन त्यसैले हजुरआमा म तपाईसँगनै बस्छु। जाँदीन म त्यो आफ्नत्वो नभएको देशमा जहाँ केबल पैसा मात्र छ। न कुनै सँस्कार छ न कुनै प्रेम र सद्भाव छ न कुनै पारिवारीक माहौल छ न कुनै फुर्सद छ आफ्ना छोरा छोरीको लागि।

यस्तो छोरोको कुरो सुने पछि अव पिआर भनेको केही रहेनछ। सबै भन्दा ठुलो आत्मा सुख रहेछ। सब त्यागेर नेपालनै जाने निदो गरे भन्दै ढाड खियाएर दिन रात नभनी खाई न पिई गरेर जोडेर घर बेचेर नेपाल फर्किने तयारी रहनु भएको रहेछ। 

यी त केही उधाहरणहरु मात्र हुन्।

हामीले सोच्न पर्छ कि कतै हामी आफ्नो ईच्छालाई पुरा गर्ने लामो दौडमा लम्की रहँदा छोरा छोरीको ईच्छालाई लात पो हानी रहेका छैनौ। आखिरी छोरा छोरीलेनै एक्लोपन महसुस गर्छन्, आफ्नो सँस्कार थाहा पाई रहेका छैनन् भने छोरा छोरी अठार बर्ष कहिले पुग्छन् र केक काटेर उसलाई स्वतन्त्रताको खदा ओढाउने प्रतीक्षा गर्दा राम्रो हुन्छ। त्यसपछि न तपाईको केही लाग्छ। उ पुर्ण

रुपमा स्वतन्त्र खुल्ला पन्छी भएर आफ्नो ईच्छा अनुसार काम गर्दै जान्छन्। जुन सँस्कारमा हुर्के त्यहि सँस्कार सिक्छन्। बस् त्यहि हो।

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal