eNepal

ओली र मोदीबीच भए यी महत्वपूर्ण ५ समझदारी

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तामा पाँच महत्वपूर्ण समझदारी भएका छन् । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका मोदी र ओलीबीच काठमाडौँको एक होटलमा भेटवार्ताको क्रममा सो समझदारी भएको हो ।

मोदी पहिले जनकपुरमा भएको कार्यक्रम सकेर काठमाडौँ आएका थिए । दुई प्रधानमन्त्रीले अरुण तेस्रोको शिलान्यास गरेका छन् । दुई प्रमबीच कुनै सम्झौता नभए पनि सम्बोधनका क्रममा आफूहरुका बीचमा मौखिक समझदारी भएको बताएका छन् ।

यी हुन् महत्वपूर्ण ५ समझदारी

१. नेपालसँगको कनिक्टिभिटी बढाएर नेपाललाई वाटर लिंक होस् भन्ने प्रधानमन्त्री ओलीको भिजनलाई साकार गर्न भारतले हरसम्भव सहयोग गर्न प्रतिवद्ध रहेको मोदीले बताए ।

२. रक्सौल–काठमाडौँ रेल्वेको सर्वे छिट्टै गर्ने समझदारी भएको समेत मोदीले बताए । अघिल्लो महिना भएको ओलीको भारत भ्रमणका क्रममा रेल्वे निर्माण सहमति भएको थियो । त्यो लगायत उनको भारत भ्रमणका क्रममा भएका सहमतिहरुलाई यथाशिघ्र कार्यान्वयन गर्ने सम्बन्धी छलफल भएको समेत मोदीले बताए ।

३. भारतले क्यान्सरको उपचारमा सहयोग गर्ने भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा भावा ट्रोमा रेडियो थेरापी मेसिन छिट्टै जडान गर्ने समझदारी भएको मोदीले बताए ।

४ वार्तामा दुई प्रधानमन्त्रीबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छिट्टै बनाउने विषयमा छलफल भएको छ । यसका लागि दुई देशको टिम छलफलमा बस्ने प्रधानमन्त्री ओलीले बताए ।

५. भारतले नेपालको कृषिमा सहयोग गर्ने भएको छ । भारतले कृषि अनुसन्धान, शिक्षामा सहयोगको रोडम्याप बनाउनेछ । नेपाल र भारतका कृषि मन्त्रीको बैठक छिट्टै बस्ने र यो विषयमा छलफल गर्ने दुई प्रधानमन्त्रीले जानकारी दिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349