eNepal

भाजापा सांसदको विवादीत ट्वीट : ‘मोदीजी, सन्धीको समय सकियो, जनकपुर अब फिर्ता माग्नुहोस्’

भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग फिर्ता माग्न आग्रह गरेका छन् ।

शुक्रबार मिथिलाको राजधानी जनकपुर आइपुगेका मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई ट्वीटमार्फत आजादले सो माग गरेका हुन् ।

२ सयवर्षअघि नेपाल र अंग्रेजबीच भएको सन्धी अनुसार मिथिला राज्य नेपाललाई दिइएको उल्लेख गर्दै आजादले अब सो सन्धीको अवधि सकिएको बताउँदै मिथिलाको भूभाग नेपालबाट फिर्ता माग्न सुझाएका हुन् ।

उनले नेपालबाट सो क्षेत्र फिर्ता लिएर मिथिला राज्य गठन गर्न पनि सुझाव दिएका छन् ।

पूर्व भारतीय क्रिकेटर समेत रहेका आजाद दरभंगाबाट लोकसभामा तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

राप्रपाका अध्यक्ष कमल थापाले भारतीय जनता पार्टीका सांसद किर्ती आजादले गरेको टिप्पणीप्रति कडा आलोचना गरेका छन् । अध्यक्ष थापाले उनले दिएको सो अभिव्यक्तिले मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाति आँच पुग्ने भन्दै त्यसको घोर भत्र्सना गरेका छन् । आजादको अभिव्यक्ति आएलगत्तै ट्वीट गर्दै अध्यक्ष थापाले भनेका छन्ः ‘भारतीय प्रम मोदीको नेपाल भ्रमणको समयमानै एक भारतीय सांसद किर्ती आजादले सामाजिक सञ्जालमार्फत नेपालको सार्वधभौमिकता र अखण्डतामा आँच पुग्ने गरी व्यक्त गरेका विचारको घोर भत्र्सना गर्दछु ।’

सत्तारुढ एमालेका सांसद योगेश भट्टराईले मिथिला फिर्ता माग्नुपर्ने भारतीय जनता पार्टीका सांसदको ट्वीटलाई ‘दिमाग खुस्किएका’ हरुले गर्ने भनेर टिप्पणी गरेका छन् । 

आजादले गरेको ट्वीटको प्रतिक्रिया दिदै नेकपा एमाले सचिव एवं सांसद भट्टराईले भने, ‘जसको दिमाग खुस्केको हुन्छ, त्यसले मात्र यस्ता कुरा लेख्छ–बोल्छ  । सद्देमानिसले यस्तो कुरा लेख्दैन–भन्दैन । जसले नेपालको इतिहास पढेको बुझेको छ्रैन, त्यसले यस्तो कुरा गर्छन । नेपाल भारत भन्दा धेरै पुरानो देश हो । यसको बारेमा थाह छै्रन भने पढे हुन्छ । हैन भने यस्ता कुुरा गर्नु हुँदैन । नेपाल भारतबीचको सम्बन्धमा भाँझो हाल्न चाहनेले हो यस्तो लेख्ने ।’

भट्टराईले सुगौली सन्धिपछि नेपालको भारतमा पुगेको भूमि फिर्ता दिनुपर्ने बताए । ‘अब भारतले  फिर्ता दिनु पर्छ । नेपालले होइन । हाम्रो धेरै भूमि सुगौली सन्धि पछि भारतमा पुगेको छ । त्यो इमानदारीका साध नेपाललाई फिर्ता दिनु पर्छ ।’ 

उनले मिथिला लगाएतका सबै भूमि नेपालका अभिन्न अंग भएकोले यसका कसैले बोल्न आबश्यक नरहेको बताए । 

साभार

 

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349