eNepal

झापाकी युवती गोरखामा मृत फेला, ब्वाइफ्रेन्ड प्रहरी नियन्त्रणमा

झापाकी एक युवतीको गोरखा आरुघाट गाउँपालिका २ मान्बुमा शंकास्पद मृत्यु भएको छ। गत वैशाख २६ गते राति १० बजे झापाकी संगीता अधिकारीको शव प्रहरीले भेटाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए।

‘झापा घर भएकी २०/२२ वर्षकी संगीता अधिकारीको शव भन्ने पुष्टि भएको छ,’ कार्कीले भने, ‘उनी यहीँ मान्बुका २० वर्षका कृष्ण न्यौपानेसँग यहाँ आएकी रहिछन्।’ न्यौपाने मृतक संगीताको ब्वाइफ्रेन्ड भएको प्रहरी अनुसन्धानले खुलेको कार्कीले जनाए।

‘हामीले मृतक संगीताको शरीर हेर्दा कम्परमा चोट लागेको र मुखबाट रगत बगेको देखियो त्यो हेर्दा यो हत्या भएको शंका गरेका छौँ,’ उनले भने, ‘बाँकी रिपोर्ट अनुसन्धान र पोस्टमार्टमपछि आउला।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट न्यौपाने र अधिकारी गत २५ गते काठमाडौंबाट मान्बु आएको पत्ता लागेको छ। इलाका प्रहरी कार्यालय आरुघाटमा उनीहरु आएको भोलिपल्ट २६ गते मृत अवस्थामा मान्छे फेला परेको छ भनेर सूचना आएपछि प्रहरी घटनास्थलमा गएको थियो।

‘प्रहरीसँग न्यौपानेले संगीताले बिहे गर गर भनेर कर गर्ने गरेको भनेर बताएका छन्,’ कार्कीले भने, ‘तर, केटाले अहिले बिहे गर्ने उमेर भएको छैन भन्दै आएको  रहेछ। घटना कसरी भयो भनेर ब्वाइफ्रेन्डले थाहा नभएको बताउँदै आएका छन्।’

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349