दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुर उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनलार्इ स्वागत गर्न जनकपुर पुगेका प्रधानमन्त्री केपी अोली अाज एउटै पोशाकमा देखा परेका छन् ।
भारतीय सेनाको विशेष विमानबाट जनकपुरधाम उत्रिँदा मोदीले केसरी रंगको कुर्ता र सेतो रंगको पाइजामा लगाएका थिए । साथै, उनले गम्छा भिरेका थिए ।
ठीक त्यस्तै रंगकाे कुर्ता र पाइजामा प्रधानमन्त्री अोली मोदीलाई स्वागत गर्न जनकपुरधाम पुगेका थिए । उनले पनि गम्छा भिरेका थिए । तर, दुई प्रधानमन्त्रीले लगाएको पोशाकमा गम्छा र जुत्ताको रंग मात्र फरक देखिन्थ्यो ।
प्रधानमन्त्री अोलीले भारतीय समकक्षीलाई जानकी मन्दिरमा स्वागत गरे ।